
समाज कहाँ छ ?
कविता
सुस्मिता गौतम
कुनै कुरा
कुनै समयमा गलत
र, कुनै समयमा सहि कसरी हुन्छ ?
बदलिनु पर्ने समाजको सुस्त प्रक्रियामा
कहिलेसम्म अल्झिने ?
The years and years of waiting and longing for the love and choices just because of futile rules they make and break.
माया
जिन्दगी
सभ्य समाजले रोकेका कहानीहरु
देख्न कोसिस गर्छु म
यो समाज कस्तो छ ?
अनि कहाँ छ ?
मैले ओइ समाज भन्यो भने,
कसले हजुर भन्छ ?
मैले केहि गर्न अनुमति माग्नु पर्ने समाज
कहाँ बसेर अनुमति दिन्छ ?
कहाँबाट समाजले गर वा नगर भन्छ ?
समाजको दिमाग कहाँ छ ?
समाजले लेखेका नियम कहाँ छन् ?
कुन किताबमा ?
माया, जिन्दगी चलाउने,
ठिक बेठिक भन्ने समाजका कान कस्ता छन् ?
समाजको कति जिब्रा छन् ?
मेरो अंग र मेरा छनोटहरुमा प्रश्न चिन्ह लगाउने समाज कहाँ छ ?
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)