बल्ल थाहा पाएँ, म त उसको ‘नाजायज’ पो रहेछु

कविता

सुमित्रा श्रेष्ठ
पाटन, ललितपुर

एक दिन थियो, चुपचाप थियो
उसको वाक्य नफुट्ला झै थियो ।

परामर्श मेरो कर्म, ऊ र म मिलेर
उसको ऊ लाई जगाउनु थियो ।

कसैबाट सुनेको,
ऊ दिलको सफा छ अरे ।

सशस्त्र दन्द सम्झदै
आमाको
फोटो सुम्सुम्याउँछ अरे ।

ऊसितको भावना
साटासाट एकै दिनको हैन
४ पटकको भेटमा खुलेको
उसको भाव अझ बिर्सेको छैन ।

आँखा बटार्दै निधार मुसार्दै
ठुला स्वरले ऊ पीडा पोख्दै थियो
पीडा सकिए जसरी बसेर
दाह्रीवालसँग बद्ला लिनु छ भन्दै थियो ।

सानै थिएँ म
आमाको मायामा लुट्पुटिदै थिएँ
मोटे ज्यानको त्यो हिंस्रकले
सकेजति लुट्यो तिनलाई ।

अबोध मेरो पीडा
बर्षियो आँखाबाट लगातार ।
बाबा द्धन्दमा नै मारिएको
भन्दै रुन्थिन् आमा बारम्बार ।

आमाको कपाल सुम्सुम्याउँदै
भरोसा दिँदै गएँ म ।

ठुलो भइ पहिलो बद्ला
त्यो दाह्रीवालसित लिनु छ ।

मेरो सोह्र बर्ष तलास
उसैमा बित्यो ।

मेरो बाबा शहिद भए रे
आमाले उनीहरुका
प्यास मेटेको हेरेको छु ।

मनभित्रको जलन
बढेर बाढी बनेको बेला
उसलाई खोज्दै थिएँ
चिल्ला कारमा दर्शन भयो ।

नागरिकता दिएन
मेरो पहिचान खुलेन रे ।

आमा उसको तलुवा बनेर
नागरिकताको भीख माग्दैछिन् रे।

बल्ल थाहा पाएँ,
म त उसको ‘नाजायज’ पो रहेछु ।

आजसम्म पहिचान खोज्दै
भड्किएको यी पलहरू
बद्लाको भावना आइरहेछ ।

तटस्थ मेरो पेशा
यी झलक हुन् दन्दका पीडा ।
कोरोनाले कति हिँसा
दबिएर घरै बसेका छन् ।

सबै आमाहरु
उसको तलुवा हैन
आफ्नै पहिचान बनाउन सकुन् ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button