बुहारी सत्य अनि तितो कथा

सुशीला नेपाल

छोराको बिहे गरेपछि सुध्रिन्छ रे
बिग्रिएको छोरालाई व्यवहारिक बनाउँछे रे
बल्ल आराम पाउने भए बुहारीले घर चलाउँछे रे ।

जब बिहे हुन्छ,

कस्तो घरको संस्कार नभएको बुहारी छ
फलानोको बुहारी असल धेरै छ
दिनरात मेरो छोरालाई कराउँछ
छोरा नि त्यस्तै छ स्वास्नीसँग डराउँछ ।

कता मुन्टिछ बुहारी
घरको काम बिजोग नै पारी
कता साथीकोमा मस्त होली
घरको कामधन्दा हामीलाई थुपारी ।

मेरो छोरी आज थाकेकी छ रे
अफिसमा धेरै काम लगाउँछन् रे
कोइ किन बुहारी ढिलो आउन थाली
उतै साथीभाई भनी रक्सी समाउन थाली ।

घरको धन्दा त्यसै छ भाडा बेसीनमा यसै छ
छोरीको साथी आउँछ रे भेटन खुबै रुचाउँछ
ढगँ छैन काम गर्ने सधैं घर फोहोर छ
छोरी भए गर्थी बरु साथीसँगै रमाइछ ।

पराइ भयो छोरा, स्वास्नीको कुरा सुन्यो
ससुरालीले कानमै धेरै कुरा फुक्यो ।

छोरी ज्वाई मेरा कति जाति आउँदा ल्याउँछन् फलफूलको पाथी
मिल्ने भए दिन्थेँ बरु मेरो सम्पतिको लाजपूर्जा जति
कि त जान्थेँ बरु देवघाटको आश्रममा मिल्ने थिए साथी ।

यस्तै सोच परिवारमा अभाव छ
हाम्रो सोच सकारात्मक राखौं न
परिवतर्न हामी आफैबाट सुरु गरौं न ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button