
ईश्वर तिमीले सृष्टि गरेर आमालाई बनायौ
कविता
लता शर्मा
नेपालगन्ज–१२, बाँके ।
ईश्वर तिम्ले सृष्टी गरेर, आमालाई बनायौ ।
आमाको शब्द आमाको अर्थ, मलाई चिनायौ ।
सुरक्षा कवज दिएर राख्यौ, नौं महिना कोखमा ।
धरतिमा जन्म दियौ, आमा परेर जोखिममा ।
छातिमा टाँसी दश धारा, दुध चुसायौ भोकमा ।
तातेताते नानी भनेर, पाईला टेकायौ धरतीमा ।
ईश्वर तिम्ले सृष्टी गरेर, आमालाई बनायौ ।
आमाको शब्द आमाको अर्थ, मलाई चिनायौ ।
वर्षौदे सन्तान जन्माउँदा, तिम्रो ज्यान थाकेन ।
खेति र पाती पिठ्यँुमा, डोको कहिल्यै छुटेन ।
विहानै उठी ढिकी र, जातो पानीको पँधेरो ।
बाबा र दाजु परदेशी, तिम्लाई कामकै चटारो ।
ईश्वर तिम्ले सृष्टी गरेर, आमालाई बनायौ ।
आमाको शब्द आमाको अर्थ, मलाई चिनायौ ।
लाला र बाला स्याहार्दै, आँसु लुकायौ आँखामा ।
डोको र नाम्लो बोकेर, आमा बारीको पाखामा ।
परदेशबाट घर आई रुखो, बोल्ने हो बाबाले ।
त्यै रुखो वचन सहेर फेरि, हाँस्ने हो आमाले ।
ईश्वर तिम्ले सृष्टी गरेर, आमालाई बनायौ ।
आमाको शब्द आमाको अर्थ, मलाई चिनायौ ।
वचनका बाण सहेर, जीवनमा एक्लै छट्पटायौ ।
मुटुमा पिडा बोकेर, आमा सन्तानलाई हुर्कायौ ।
दुख र पिडा आमाको ऐले, सम्झन्छु पलपलमा ।
कोटी–कोटी नमन छ आमा ।
ईश्वर तिम्ले सृष्टी गरेर आमालाई बनायौ ।
आमाको शब्द आमाको अर्र्थ, मलाई चिनायौ ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)