किन जान सक्दिनँ म छोरी भई मलामी ?

कविताः तृष्णा

सुमित्रा श्रेष्ठ

ए आमा ! कस्तो जन्म दियौ
यो संसारमा म रम्न सकिनँ
ए बाबा ! कस्तो कर्म दियौ
यो धर्तीमा किन टेक्न सकिनँ ?

चाहन्छु उभिन स्वतन्त्र छाडिदेऊ
बालुवामा नि बाँच्ने सीप सिकाइदेऊ
आफ्नै आगनमा कुवा खन्नसकुँ
नजर उठाएर बाँच्ने बनाइदेऊ ।

आकार बदल्न सकु बादल भै उडी उडी
जिउँदै बल्न सकु क्षमता फिजार्इ फेरि
किन जान सक्दिनँ म छोरी भई मलामी
दुनियँको खातिर किन सहु बदनामी ?

खुशी र सस्तो भई बजारमा बिक्नसकुँ
क्षमताले धर्ती आमालाई खुश गर्नसकुँ
कति लागे गोली घाइते यो दिलमा
घाइते भएरै यहाँ नियति बुझ्न पाएँ ।

सुख भन्दा लाग्यो दुख बुझ्ने प्यारो
प्यारो छ यहि सडक र बिषाल गगन
लागोस् कति गोली फेरि म उठ्नसकुँ
मरण आएछ भने सजिलै ढल्नसकुँ ।

खुशी र सहज भई सबै सबैमा पुग्नसकुँ
आफनै क्षममताले धर्तीमा बल्नसकुँ
लागोस् गोली कति फेरि म उठ्नसकुँ
मरण आएछ भने सजिलै ढल्नसकुँ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button