दार्जिलिङ : धुम्मकी परी कुइरोको रानी ‘घुम’ प्यारी

कविताः कुइरोभित्र घुम जोरबङ्ला

मञ्जुला तामाङ सुब्बा
घुम, दार्जिलिङ, भारत ।

बतासेको बतास, जोरबङ्लाको हावा
कुइरोभित्र जैले नि लुकीचोरी खेली
मुटु थरथर कमाई पर्यटकलाई लोभ्याउऩे
धुम्मकी परी कुइरोको रानी घुमपहाड प्यारी ।

जलवायु अचम्म यहाँको
प्रवेशद्वार दार्जिलिङ शहरको
अहो ! कुइरोसित लुकी चोरी खेल्ने
घुमको परिचय यस्तै छ पर्यटक लोभ्याउने ।

कुइरोको घुम्टोभित्र लुकी लजाई रहने
पर्यटकहरूलाई आकर्षित पार्न आतुरिने
जाडो, चिसो धुम्मकी खानी मायालु मेरो ठाउँ
हावा बतास कुइरोले परिचित घुम जोरबङ्गला नाउँ ।

नाम उच्च घुमको प्रख्यात संसारभरी
एसियाको सर्वोच्च रेल स्टेशन छातीभरी
ठद्धण्द्धफिट उचाइमा छन्
समुद्र सतहदेखि ।
पर्यटकहरू मनग्गे मनोरञ्जन लुट्छन्
रेल सङ्ग्रहालय घुमिघुमिकन आनन्द बटुल्छन्
कुइरो पछि पछि दगुर्छन्, खेल्छन् रमाउँछन्
टोयट्रेन चढ़ी कुइरोको देशमा लुकीचोरी खेल्छन्
कुइरोको देशका तस्विरहरू कैद गर्छन् ।

पर्यटकीय खानी
कुइरोसित लेख्दै कहानी
छोड्छन् घूमलाई ।
आँखाभरि आँशु पार्दै
टाटा वाई वाई भन्दै
कुइरोको देशबाट विदा लिदै
गोलाई गोलाईमा लुक्दै हराउॅदै ।

कहिल्यै घाम नलाग्ने ठाउँ हे हरि १
घुम जोरबङ्गला पर्यटकीय नगरी
सूर्योदयको प्रथम किरण स्पर्श गर्ने अहो कति सुन्दरी ।

पर्यटकहरू गुँड़तिर लाग्छन् सम्झना सिँच्छन् मुटुकै सिरानमा
मुस्काइरहन्छे घूम जोरबङ्ला टाइगरहिलको न्यायो आँगनमा
माँ दुर्गे सिञ्चेल धाम बिराजमान जोरबङ्ला शिरमा ।

वारी डाँडा जलपहाड, पारीपट्टि डाँडा टाइगर हिल
सिञ्चेल धामको शंख धण्टी जलपहाडको सैनिक विगुल
बडो गर्वको साथ भन्छु म घुमवासी यहीकै ।

अमृततुल्य सिमसारका पानी जमेको धापमा
कुइरोको घुम्टोभित्र लुकी खेल्छे सिमधाप
यी दुई ठाउँ ।

अथाह प्राकृतिक सम्पदाका धनी पर्यटक नगरी
थोर हुन्छ जति नै प्रशंसा गरे
घुम जोरबङ्ला हाम्रो शितल नगरी ।

गोर्खा पल्टन डिपो जलपहाड बिशाल हुन् घुमको शान
सिमानाका रक्षक वीर सपुतहरू तालिममा
गर्छन यहॅकै गुनगान बन्दै गजक्क ।

लुटुपुटु गर्दछन् जलपहाडको
अन्य सैनिक बल यहीकै मायामा निर्धक्क ।

छुकछुक गरी लुकामारी खेल्दै टोयट्रेन लम्कन्छ बतासको रमाइलो गोलाइमा ।
गोर्खा सैनिक शहीद वेदी
बतासेको मध्यमा अवस्थित
नतमस्तक हुदॅछ शिर
देशको सम्मान साथै
शहीदको त्यागमा ।
पर्यटकहरू आनन्द लुट्छन् टोयटेनको कुक कुक छुकछुकमा ।

सानो रेलको मन छुने सिटी
ब्रिटिस कालिन इन्जिनमा
पत्थर कोइला भरेको
पर्यटकहरू तीन छक्क परेको ।

कोइलाको
आगोबाट निस्केको धुँवाको
मुस्लोले शहीद वेदीमा
श्रद्धाञ्जली अर्पण गरे झै लाग्दछ ।

आकर्षक दृश्य कति रमाइलो बतासेको
यसैले ता घूमको गरिमा बढ़ेको ।

चार दिशामा चार बाटाहरू छुटिन्छन् घुम जोरबङ्ला ।
कुइरोले छेक्दैन कहिल्यै कसैको गन्तव्य कति लक्ष्य सारा ।

शहरका तातो भिडबाट शीतल खोज्दै थामिन्छ फराकिलो यहींकै सडकमा
यात्रीवाही वाहन लस्करै जामको बाहुपाशमा ।

घूम जोरङ्गलाको झलमल्ल रमाइलो
ताजा स्वच्छ समान लोभ लाग्दा ।

कहि घाम नलाग्दा घुमको नाम लिने गर्छन्
उखरमाउलो घाममा हाम्रो घुमको सम्झना गर्छन्
जाडो चिसो अँध्यारो भए जोरबङ्ला घुमकै उदाहरण दिन्छन् ।

प्यारो घुम जोरबङलाको बखान गरूँ कति
सबै एउटै भई बसेका छन् अनेक धर्म अनेक जाति
बौद्ध गुम्बाहरू छन् विशाल भव्य आकर्षक सुन्दर अति
यही छन् आस्थाका प्रतिक चर्चहरू कति कति ।

ओल्ड गोर्खा स्टेशनको
इतिहास बोकेको घुम भञ्ज्याङ गजधम्म यहीँ छन् स्थित
घुम जोरबङ्लाको कुइरोभित्र अँध्यारो चिसो काखमा अवस्थित
चियाबारीका मर्महरू आँशु झार्छन्
बन बस्तीका असङ्ख्य पिढाहरू बिसाउँछन्
नगरपालिकाका आश्वासनभित्र आशे झोलाहरू भिरी
सन्तोष जनाउँछन् ।

कुहिरोले ढाकेको डाँड़ाभरि चापॅ, गुराँस मगमगती
चिसो बतासले जन्माएको धाराको पानी कलकलती ।

यस्तै छ मेरो घुम जोरबङ्लाको मिठो कहानी ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button