
जहाँ लान खोज्छौ, उतै ज्यान लान्छु
गजल (छन्दः भुजङ्गप्रयात)
खलविर नाराज
अहो साँझ छिप्प्यो विदा देउ जान्छु
पुगे छैन अझ्झै गरौं बात कान्छू ।
दुखीको कुटीमा सुखी दिक्क लाग्ला
सुखी खोज्नुभन्दा खुशी नै म छान्छु ।
छ चिन्ता असाध्यै रुने हौ कि फेरि
छ जे भोग्नुपर्ने त्यही भाग्य ठान्छु ।
सधैं कर्मणामा भरोषा म राख्छु
सिकाएस राजा सबैथोक मान्छु ।
मिले छैन साँगा छिटै लानलाई
भरोषा छ तिम्रै जवानी म धान्छु।
ल सङ्कल्प यै भो बढौं है अगाडि
तिमी देवता हौ समीपै म तान्छु ।
तिमी देवकी भै बसे हुन्छ साथै
जहाँ लान खोज्छौ, उतै ज्यान लान्छु ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)