त्यो ‘ऊ’ तपाईं त होइन ?

लघुकथाः ऊ

सुशीला चौरेल

बिहानको झिसमिसेमा उसको मोबाइलमा छोटो सन्देश आयो, रातभरि तिम्रो यादले निन्द्रा लागेन प्रिय । अनि उसको निन्द्रा पनि त बिथोलियो । ऊ पनि निदाउनै सकेन । बिहान ८ बजेसम्म सुत्नु पर्ने अनि श्रीमतीले चिया नास्ता भनेपछि बल्ल निद्रा खुल्ने मान्छे ऊ । साँच्चै ऊ तनावमा छ । पाउन त माया पाएको छ, दुवैको अनि घरका साना छोरा छोरीको पनि । बस्, सन्तुष्टि पटक्कै छैन । विचरा भनिदिने कोहि छैन जस्तो पनि लाग्छ उसलाई । अनि, उसमा आफ्नो कुरा कसैलाई भन्न सक्ने हैसियत पनि त छैन ।

उसलाई पो थाहा छ जुन बाटो नजानु पर्ने हो तर ऊ गइरहेको छ । खै, केको लागि ? सायद उसलाई नै थाहा छैन, ऊ कहा जादै छ । तर, पनि ऊ हिँड्दै छ अनि विस्तारै आफ्ना छोरा, छोरी र मायालु श्रीमती बिर्सदै छ । आफन्त, साथी सबैलाई तोड्न तयार छु भन्दै छ । यता छल्दै छ उता आश्वासनका भारी विसाउँदै छ । अझै कति झुटो बोल्दै छ, छलकपट गर्दै छ ।

थाहा छैन यो भुमरीमा ऊ, उनी, त्यो र अरु को को फस्दै छन् अनि पछुताउँदै छन् ?

(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button