
लेखिएछ यस्तै खोटो तक्दिर त के गरम ?
सुप्रिया खनाल
पातमा विलाइजाने शित भएको छु
पीडाको एकदम भरपर्दो मित भएको छु
पराइले धोका दिन्छन् नसोच्नु होला
म त आफ्नाबाट नै पीडित भएको छु ।
कलियुगमा पनि चोखो प्रित खोजेर
आफू अनि आफ्नाको हित खोजेर
आजकालको प्रेम त हजारमा हुने रैछ
म बसेछु एउटैमा समर्पित खोजेर ।
चुक्यो निशाना लागेन तिर त के गरम ?
गल्ती नभई झुकेछ शिर त के गरम ?
चाहेको कुरा सबै नपाइने रैछ यहाँ
लेखिएछ यस्तै खोटो तक्दिर त के गरम ?
जीवन भयो पीडैपीडाको खानी के गर्ने ?
नेपालमा भएन केही आम्दानी के गर्ने ?
परिवारको खुसी खोज्न बिदेसिएको म
परदेशमै बित्यो मेरो जवानी के गर्ने ?
पाकेको सोची कुहिएको पmलमा फसेँ म
तिमीले देखाएको मिठो छलमा फसेँ म
पराइलाई आफ्नो मानी अन्धो विश्वास गर्दा
निस्कनै नसक्ने गहिरो दलदल मा फसेँ म ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
दुःखै–दुःख, धोका,घुणा साथ जिन्दगीको
मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको।
पृथ्वीको भार भइयो सकिएन गर्न केही
यस धर्तीमा जन्मिएर गरैँ मैले घात जिन्दगीको।
न आफ्नो बनाउन सकेँ न कसैको हुन सकेँ
प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको।
परदेश आ’को धेरै भयो वित्यो जीवन यसै
पैसै ठूलो ठान्ने समाजको हात जिन्दगीको।
प्रयास मेरो जारी छ है हरेस अझै खा’को छैन
‘गगन’ चुम्ने इच्छा मेरो आँट जिन्दगीको।