के यसलाई बालश्रम भन्न मिल्छ र ?

कविता
सुशीला चौरेल

गरिबको बच्चा पालिदिएको छु
एक जोर लुगा हालिदिएको छु
के यसलाई बालश्रम भन्न मिल्छ र ?

सहरको परिवेश चिनाएको छु
बजार भाउ सिकाएको छु
के यसलाई बालश्रम भन्न मिल्छ र ?

दिनमा काम सिकाएको छु
रातीमा पढ्नु पर्छ भनेकै छु
के यसलाई बालश्रम भन्न मिल्छ र ?

तीन छाक खान दिएकै छ
मेरो बाबुको सानो लुगा लगाउन दिएकै छु
के यसलाई बालश्रम भन्न मिल्छ र ?

घरमा किताब ल्यादिएकै छु
पढ्दै गर्नु जाँच दिनु भनेकै छु
के यसलाई बालश्रम भन्न मिल्छ र ?

तलबको कुरामा यो अफिस हैन भनेकै छु
गाउँ जाँदा गाडीभाडा गनेकै छु
के यसलाई बालश्रम भन्न मिल्छ र ?

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button