
मैलिनु पहिले पक्कै सफा हुँदो हो
गजल
गोविन्द श्रृङ्खला
काठमाडौ–१४, कुलेश्वर ।
सहजै त के टुट्थ्यो पक्कै कुनै टक्कर हुँदो हो
टुक्रा टुक्रा विभाजित यो पक्कै पत्थर हुँदो हो ।
दुनियाँको नजरमा हराभरा देखिने हरियाली
कसले देख्यो अतीत, उजाड र बन्जर हुँदो हो ।
श्रमले थिचिएको भुल्लामा आवृत सन्तती धराको
शहरीया श्रृङगार पाए ऊ पक्कै, सुन्दर हुँदो हो ।
मन मैलो, विचार मैलो, मान्छेको आँत मैलो
मैलिनु पहिले पक्कै यो सफा र सुग्घर हुँदो हो ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)