कविताको शीर्षकः सविता भण्डारी

सुचना धमला
घर ओखलढुँगा, हाल काठमाडौं ।

कसैको त छोरी हुन सविता
हुन कसैकी आमा पनि
बाँच्ने ठाउ भेटिनन् उनले
महिला हिंसा नहुने कहिँ ।

बाँच्ने अधिकार छैन सविता
तिमीलाई अनि मलाई पनि
नारीको रुपमा जन्मियौं हामी
यहि नै ठुलो पाप रैछ नि ।

जन्म घरलाई पर सारी
पराइ घरलाई आफ्नो मानी
कुन पत्थरमा ठोक्कियौ र तिमी
लिइयो ज्यान पशु ठानी ।

गयो ज्यान, निर्दोषीमै
आफ्नोबाट शोषित हुँदै
कोमल मनमा चर्को धुलो
छरी आँशु बगाउँदै ।

डिप्रेसनको नाम दिइयो
आत्महत्या भन्न पुगियो
बलात्कार र हत्याराको
भ्रष्टाचारमै सपोर्ट गरियो ।

बलात्कार र हत्या त यहाँ
बच्चाको खेलजस्तै भयो
हजार झुटको बीचैबीचमा
बाँच्ने अधिकार नि खोसियो ।

समाजको म नयाँ पुस्ता
डराइ रहन्छु हर पाइलामा
एसिड अनि बलात्कारको
डर छापियो मेरो मनमा ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button