लीना बानियाँ सोध्छिन्, ‘कहाँ खोजुँ न्याय ?’

हे दैव ! मेरो दोष के हो भन । यो शरीरमा मेरो खोट के हो भन ।

कविता

लुटिनु, कुटिनु अनि छटपट्टिनु
नियति झैँ बन्यो यहाँ मैले मारिनु
हरपल हरक्षण डर त्रास र भय
अभिशाप नै भयो यहाँ मैले जन्मिनु ।

छोरी न बुहारी दिदी न बहिनी
कोहि छोडेनन् यिनी गिद्धेहरुले
कसरी जोगाउँ अस्मिता अब मैले
जीवनन श्राप झैँ पारे दुस्टहरुले ।

कहाँ जाउँ, गरूँ भरोसा म को माथि
गल्ली गल्ली ढुकेका छन् नरपिचासहरुले
न घर न जंगल न न बाटो सुरक्षित
अखडा नै बनाय सबै अपराधीहरुले ।्र

पलपल रुन्छु, पलपल फेरि सोच्छु
कुनै दिन त न्याय पाउँछु कि म भन्दै
डराउँछु फेरि उठदैनन् यिनी आवाज
मिल्किन्छु कि कतै फोहोरदानी भन्दै ।

नजन्मिउँ थामु सृष्टि कसरी म ?
टेकुँ धर्ती भने बाचूँ कसरी म ?
हे दैव मेरो दोष के हो भन
यो शरीरमा मेरो खोट के हो भन
न बोल्छ राज्य न खोज्छ समाज ।

भौतारिनु कति, खोजुँ कहाँ न्याय
यो पिडा यो आसुँ, देखाउँ कसलाई मैले ?
कसरी अब जोगाउँ भावी पिढी मैले ?

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button