लाश जल्दै गर्दा मलामीले गरेको हतार देखेपछि

एलिना अधिकारी

कास् ! तिमीसँग मुटु हन्थ्यो त
विश्वासको लठ्ठामा अडिएको त्यो सम्बन्ध
स्वार्थले काचोँ धागो झैं छिन्थेन
कास् ! मसँग पनि एउटा नडराउने मुटु हुन्थ्यो त
आज तिम्रो र मेरो गन्तब्य अलग हुन्थेन ।

फेरिएको त बस् सम्बन्धको नाम मात्रै हो
परिभाषा फेरिएको छैन ।
सधै तिम्रो नै खुसी चाहने यो मन
अझै काहिँ कतै बेरिएको छैन ।

मान्छेहरुको भिडमा मानवताको खडेरी देखेपछि
मान्छे हुने चाह मरेको छ
श्मशानघाटमा लाश जल्दै गर्दा
मलामीले गरेको हतार देखेपछि
समयसँग घृणा जागेको छ ।

कठै विचरा भन्ने शब्दभित्र
बल्ल खाइस् ठिक्क प-यो भन्ने भाव देखेपछि
शब्दसँगको आत्मियता घटेको छ
सम्पत्तिको खालभित्र
संस्कार जल्दै गरेको देखेपछि
धनसँगको सामिप्यता डढेको छ ।

सधै एउटै कुरा सिकाइरह्यौ
आफ्ना लागि त किरा फटयांग्रा पनि बाँच्छ
अरुको खुसीका लागि केही गरेस् भनिरह्यौ ।

त्यहि अँ त्यहि अरुलाई
खुसी राख्न धितो राखेको यहि एक मुठी मुस्कान
लिलाम हुनै लाग्दा पनि
कसैलाई खुसी बनाउनै सकिनँ ।

तिमी गलत थियौ कि
समय बदलियो ?
भन्देउन मेरी आमा ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button