कोरोना कविताः अंशबण्डा

मञ्जुला तामाङ सुब्बा
घूम, दार्जिलिङ, भारत ।

अंशबण्डा बेची आए महानगरीमा
जीवन राम्रो धान्छु भनी
टेबल दोकान लगाएँ फुटपाथमा ।

केही गहना आमाको बेची
व्यवसाय अझ बढाए
किनी एउटा सिटीअटो ।

चल्दै थियो आम्दानी राम्रै
फाटाकफुटुक
घरजम गरी बसेॅ यतै साटाकसुटुक ।

के दशा लाग्यो संसारलाई
कुन भुल भयो प्रभु तिम्रो रचनालाई
कहिॅ छैन मेरो जाने ठॉउ
कोच्चिएर कहिलेसम्म बसुँ ?
बाफिएका बन्द कोठाभित्र म ।

थाक लागेका मेरा टेबल दोकान
स्टोभ, मक्टु, प्लेट बटुका र चम्चीहरू
अवाक् छ सिटीअटो
सानो पार्किङको ठूलो खजानामा टक्क अडिएर ।

बर्ष दिन नाघिसक्दा पनि
बसिरह्यो कोरोना शनि बनेर ।

फोनको रिङले बिॅउझायो उसलाई
ठूल्दाजुले आफ्नै ठॉउमा बोलायो उसलाई
अन्कनाउॅदै असजिलो बन्दै
आँशु चुहाउॅदै पश्चातापको
भाका मिलाउँदै बोल्छ उm
भाउजूले के भन्लिन् …

आवाज भाउजुको तिखो उताबाट
थुर्रिन्छ कानभरी उसको
केही गाली, केही गुनासो
धेरै माया, ठूलो तलतल
आत्मिय सम्बन्धको ।

अंशबण्डा भाकै छैन हाम्रा
खेतबारी, ब्यापार सबै छन् राम्रा
परिवारसँगै घर आउनु है छिट्टै
परदेशिएर विरानो कहिल्यै नबन्नु
अंशबण्डा लगिसके भनी कदाचित नसोच्नु
आफ्नै रगतको अंशबण्डा कहिल्यै लाग्दैन
भलबाढी, ईर्ष्या, लोभले
नष्ट गरिलाने सम्पत्तिको माया हुँदैन ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button