
मेरो म
कविता
रमन भण्डारी
केराबारी ६ डाङ्गि, मोरङ, हाल दोहा, कतार ।
मेरो मले मलाई
हेप्पासि पारामा प्रश्न तेर्साएर भन्न लाग्यो
तँभित्र म छु
तर खै ?
तैले मलाई, म नै तँ हो भनी चिनेको ?
अनि चिनाएको ?
तँ र मबीचकै लुछाचुँडीमा
आज आखिर किन खोइ को-को रमाएको ?
तँ र म त आफ्नै हैनौ र ?
तँ छस् र नै म छु भनेर भनिरहन पर्ने अनि सम्झाइरहन पर्ने ?
यो के दिन तैंले निम्त्याएको !
म तँभित्रै भएको म हु !
मलाई तँबाहेक जो अरु कोहिले चिन्छ, त्यो तँभन्दा कमै चिन्छ ।
तँलाई मैले यत्ति भनिसकेसी नि
मलाई नचिन्ने होस् भने मेरो भन्नु केहि छैन
तर, तँ र मबीच बेलाबेला यी यस्तै भलाकुसारी हुन जरुरी रहेछ
… जरुरी रहेछ ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
मेरो लेख लाइ स्थान दिनु भएको मा धेरै धेरै धन्यवाद !