वर्षा एक रूप अनेक

कविता

गीताश्री शर्मा
गान्तोक, सिक्किम, भारत ।

आकाशमा मडारिएको कालो बादल
त्यही बादलबाट थोपा थोपा बनी
तप तप गर्दै तिमी
यस धर्तीमा रमाउन आउँछ्यौ
सुखा र बञ्जर भएको माटोलाई
शीतलता र सिञ्चित गराएर
रसिलो, हरियो पारेर
पहाड र मैदानलाई
उर्वर पार्छौ
पशु प्राणीका तारणहार बन्छौ तिमी ।

थोपा-थोपा मिलेर
साना-साना खोल्सा -खाल्सी
झर्ना र छहरा हुँदै
कतै सुसेली खेल्दै
लहरा र पहरामा अल्झिंदै, चुँडिदै
नदी-नाला र खोलामा परिणत हुँदै
लगातार तिमी बड्छौ अघि
निरन्तर तिमी हिँडिरहन्छौ
मियाँका दौड मस्जिद तक भने झैँ
तिम्रो दौड समुन्द्र तक ।

समय समयमा गुनीलो छौ तिमी
कहिले काहीँ कामधेनु छौ तिमी
मनपरेको बेला कल्पवृक्ष छौ तिमी
रीसउठेको बेला रौद्ररूप छौ तिमी
खुशीमा प्यासीको तिर्खा मेटाउँछौ तिमी
रिसको आवेगमा आउँछौ जब तिमी
थोपा थोपा त होइन मुशलधारे भएर
बाटो-घाटो, पुल-फट्के, सहर-बजार
साधु-सन्त, चोर-डाकु चिन्दैनौ तिमी ।
शिवजीको तान्डव देखाउँछ्यौ ,
पहाडलाई सोहोरेर मैदानमा पु-याउछ्यौ
मैदानलाई लगेर
समुन्द्रमा समाहित पार्छ्यौ ।

तिम्रो महिमा अपरम्पार छ
वर्णन गरेर सकिनसक्नु छ ।

जब झ-यौ धरणीमा तिमी
गाउँ-गाउँका , धनी-गरीबका
समान रूपले उँचनीच नछुट्याई
सबका पाउ छोयौ
पिता पुर्खाका पाउ धोयौ ।

प्यासीहरूको प्यास मेटाउदै भए पनि
सहर-बजारको फोहोर उठायौ
प्राण छोडेर स्वर्गको बाटो पर्खिरहेकाहरूलाई
गंगाजल र तर्पण भएर
मुक्ति दिँदै तिमी
बगिरह्यौ बगिरह्यौ ।

कहीं कतै थुनिएर
उज्यालो ज्योती दिने काम ग-यौ
अन्धकारलाई हटाएर
दिन र रातको दुरी मेटायौ
तर हारेनौ कहिले
जित्यौ युद्ध तिमीले
प्राण प्यारी वर्षारानी तिमीले ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button