सुशीला शर्माको ‘मन’

कविता

स्थिर नभई यत्र तत्र
बाँडिएको मन
मन मन नमिलेर
भाँडिएको मन ।

नजिक हुन नसकेर
टाढिएको मन
घना जङ्गल फाँडिए झै
फाँडिएको मन ।

ठूलो हुन नसकेर
खुम्चिएको मन
जोड्न पनि नमिलेर
टुक्रिएको मन ।

भागहरु नमिलेर
खोसिएछ मन
आवेगको ज्वालामाथि
झोसिएछ मन ।

शीत अनि ठिहिरोमा
ओसिएछ मन
बदलाको भावनाले
जोसिएछ मन ।

सम्हालेर, बटुलेर
जतन गरौं मन
मिलिजुली सबै जन
भरौ आफ्नो मन ।

मन फुकाइ ठाउँ दिउँ
मनैलाइ झन्
निष्कर्षमा पु-याउँ लौ
हामीले आफ्नो मन ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

2 Comments

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button