प्रेमिका झै जाडोको घाम ग्रीष्म आए अति कष्टदायक

कविता

प्रदीप कोइराला

फुलेको फूलको वास सुवास नाक भन्दछ
बेलुकी झर्छ त्यो फूल सुकेर माटी बन्दछ ।

हेरेको दृश्यमा छैन त्यो भेद दृष्टिमा बुझ
न होला कालोमा काग कोइली सृष्टिमा बुझ ।

बिहान गुलियो स्वाद रातमा तिक्त बन्दछ
म मानूँ तिक्त या स्वादु, के स्वाद वस्तुमा छ र ?

जाडोमा घामको राप प्रेमिका झै प्रेमील छ
त्यही घाम ग्रीष्म आए अति कष्ट प्रदायक ।

कखरा वर्णदेखि नै बन्ने हुन् सब शब्द यो
प्रिय-अप्रिय भन्ने त प्रसंशा-अपमान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button