धुलोबाट पिचमा पुग्छ एक दिन

गजल

लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही ।

छेउको मान्छेबिचमा पुग्छ पुग्छ एक दिन
धुलोबाट पिचमा पुग्छ पुग्छ एक दिन !

कतिन्जेल रमाउला र पराजय पनि
हारबाट जीतमा पुग्छ पुग्छ एक दिन !

संघर्षको बाटो यो छिचोलेपछि त
हेयबाट मितमा पुग्छ पुग्छ एक दिन !

आफैं कस्छ लगाम यो नयाँ बिहानीले
छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन !

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button