
सारा भुली खुसी होलान् गाउँमै बस्न पाउँदा
गजल
बिष्णुप्रसाद पौडेल
गाउँ घरका पाखाहरु हरियाली छाउँदा
यो मनमा शान्ति हुन्छ कोइली गीत गाउँदा
व्यस्त छन् किसानहरु खेतीपाती लाउँन
थाके पनि खुशी हुन्छन् लेक बेशी धाउँदा
शहरतिर बन्दाबन्दी कोरोनाले ग्रस्त भो
सारा भुली खुसी होलान् गाउँमै बस्न पाउँदा
झरी बादल भेल बाढी सामना गर्दा गर्दै पनि
रमणिय लाग्न थाल्छ डम्म कुहिरो लाउँदा
दुःख कष्ट बिर्सिएर गाउँमै रम्न थाले सबै
मनमा हर्ष जाग्न थाल्यो जन्म घर आउँदा ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)