गणतन्त्रको बाटो गरी थुप्रै यात्रा गर्नु थियो

सुशीला शर्मा

गणतन्त्रको बाटो गरी
थुप्रै यात्रा गर्नु थियो
ओझेलका भूँइमान्छे नि
खुसी हुनुपर्ने थियो
यही बाटो सही हो भन्दै
होस्टेमा हैंसे भर्नु थियो ।

जसले यी सब सपना देखाए
गणतन्त्र आफ्नै मात्रै बनाए
दोधारेपन र सत्तामोह पो
गणतन्त्रको पहिचान बनाए ।

जय जय पनि गाएकै थियौं
नयाँ संविधान र समाजवादको
आशा गरिरह्यौ
बर्षौसम्म कुर्दा पनि
गणतन्त्रमा आम मान्छेलाई
के परिवर्तन खोइ ?

तै पनि अझै भन्न मन छ
आशाका किरणहरु
वसन्तमै रोपिएमा
घामका शुभ बिहानी नि
त्यही बिजमा पोखिएमा
सपनाहरु पलाउनेथे
आँधीहुरी छोपिएमा ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button