
खेतालाको अभिव्यक्ति
कविता
खेमनारायण
दार्जिलिङ, भारत ।
‘जिन्दगीको मौसम रहँदै खनखन दिलको खेत
बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेत ।’
-लक्ष्मीप्रसाद देवकोटा
जिन्दगीसँग सम्झौता गरेर
मन लाएर खेत त खनेको नै हो नि हजुर
खोई तर पाकेको मीठो फसल ?
किन राशनको खस्रो चामल ?
खोई जिन्दगी वासना आउने वास्मती ?
होइन है पटक्कै बाँझो राखेको चेत
कति खनियो खनियो जिन्दगीको खेत ।
तर किन धेरैजसोलाई लाइबेरियाको कुपोषण ?
कतिलाई लक्जमबर्गको लक्जरी ?
समयले दिएको हलिका बलिया हातहरू
नचलाएको हो र हजुर ?
किन सुकेनास लाग्दैछन् उर्वरा दिनेहरू ?
किन पुस्टिँदैछन् खेतमा नजानेहरू ?
खेताला हुनु साह्रै साह्रै सीधा भइएछ
दिल दिएरै खेत खनेको अनदेखा भएछ ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)