आऊ, नाचौँ तिमी र म जसरी लाशमाथि कुर्ची नाचिरहेछ

ताण्डव / कविता

मनिष कोइराला
हाल मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा अध्यनरत ।

आऊ, आज नाचौँ तिमी र म
जसरी काल नाचिरहेछ आफ्नो मुख बाइ
आऊ, आज नाचौँ तिमी र म
जसरी बतास नाचिरहेछ, बाढी नाचिरहेछ
बाल वृद्ध बनिताको घरखेत बगाई ।

आऊ, आज नाचौँ तिमी र म
जसरी लाशमाथि कुर्ची नाचिरहेछ
आऊ, नाचौँ त्यो भस्मासुर झैँ
जो गरिब निमुखाको प्राण निस्फिक्री खाइरहेछ ।

आऊ, आज नाचौँ तिमी र म
जसरी सतरन्जमा ती प्युसा नाच्छन्
आऊ, आज नाचौँ उदण्ड, उन्मक्त नग्न भई
जसरी सत्ताप्रेम नाच्छ न्यायमाथि मग्न भई ।

आऊ, आज नाचौँ तिमी र म
अन्धभक्त भोका पेटमाथि नाचे झैँ
आऊ, त्यो निर्लज्ज नाच नाचौँ
शक्तिको शरणमा भ्रष्ट ब्यभिचारी नाचे झैँ ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button