
आफ्नै मान्छे छुन नहुने, मेरो लुगा देख्ने गरी धुन नहुने
कविता / महिनावारी दिवस-२०२१
सुरस्मा लामिछाने
कक्षा १०, ज्ञानोदय बालबालिका विद्यालय, खोकना, ललितपुर ।
कोहि भन्छन् बाहिर सर्ने, कोहि पर सर्ने
शब्दै सुन्दा विभेद लाग्छ कसले विचार गर्ने ?
आफ्नै मान्छे किन फेरि छुन नहुने
मेरो लुगा देख्ने गरी धुन नहुने ।
हिजो अस्ति ठिकै थियोे आज बिटुलो
छुन हुन्न नजा’ भन्छन् घरको त्यो चुल्हो ।
कता लुकाउँ आफ्नो लुगा सुक्नु पर्यो नि
छाँया खोज्दै घामदेखि लुक्नु पर्यो नि ।
सिकाईदेउन् कसोगरी ब्यबस्थापन गरुँ ?
नछुने र पर सर्ने नभनिदेउ बरु ।
कहाँबाट सुरु भयो अन्त्य कहिले हो
सुधार गरौ दृस्टिको आफ्नै सृष्टिको ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)