लिलाम एउटा जिन्दगी

कविता

शिल्पा लोचन

लिलाममा छ एउटा जिन्दगी
के तपाईं खरिद गर्ने मुडमा हनुहुन्छ ?
खुशीहरु अनन्स्टिल भएको छ
ताँतीका ताँती छन पेन्डिङ रहरहरु
ड्राफ्टमा कैद छन् सपनाहरु
बन्धक छन् आवश्यकताहरु
वस् जिन्दगी छ
एक मुठ्ठी श्वास छ
यहि पनि लिलाम छ
लिलाम यो जिन्दगी
के तपाईं खरिद गर्न चाहनुहुन्छ ?

महँगो मुल्यांकन हुन नसकेर
बर्षौदेखि बिक्रीमा छ जिन्दगी
यसलाई खरिद गर्न
तपाईं सेयरमूल्यको महँगो भाउ
चुकाउन पर्दैन
हो, लिलाम छ, वस् लिलाम
के लिलामी जिन्दगी खरिद गर्न चाहनुहुन्छ ?

हुन त लिलाम बजारमा
मेरो मुल्य नभएको होइन
खरिद गर्नेहरु बैना गरेर गएका हुन्
कसैले जवानीको सौदा गरे
कसैले जातसँग
कसैले रुपसँग
तर, पनि बिक्री नभएको एउटा जिन्दगी
लिलाम छ
के तपाईं खरिद गर्न चाहनुहन्छ ?

लिलाम यो जिन्दगीको एउटा असुल छ
सहुलियत कम भए पनि
च्यात्तिएको मन भए पनि
सपना रहरलाई हाँगा हाल्न दिनु पर्छ
अनि आकाश नियाल्ने आँखाहरु
बन्धक बनाउन पाइने छैन
श्वास मेरो चाहनाले फर्ने छु
हुन्छ ?
यसै लिलाम जिन्दगी तपाई खरिद गर्न सक्नु हुन्छ ।

2 Comments

  1. कति बान्की मिलाएर
    कति विचार पु-याएर
    चयन भएका होलान् यी हरफहरू,
    ती भावहरू फुराएर !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button