
बुद्धको उपदेश अनुसार नचले अझै रुनुपर्दछ
कविता / हे बुद्ध
पवनकुमार बुढाथोकी
बुद्धले त यहाँ सदैव देखाएका थिए शान्ति
बुद्धकै मुलुकमा चारैतिर किन भैरहेछ भ्रान्ति
सधैंजसो राजनैतिक रडाको मच्चिरहन्छ यहाँ
के यही हो गरिबले सोचेको आउनुपर्ने क्रान्ति ?
हे बुद्ध
फेरि पनि हाम्रा लागि शान्तिको दूत बनेर आउ
नगर नचाहिदो रडाको भनेर सबलाई सिकाउ
मुलुक त समस्यै समस्याको भुवरीमा पो फस्यो
शान्तिको बुटी अब फेरि हाम्रै लागि नै ल्याउ !
अब त
सबै नेपालीको चाहना शान्ति नै हुनु पर्दछ
सबै नेपालीको मन राम्रो भावनाले छुनु पर्दछ
यसैमा त छ सबै नेपालीहरूको हित र कल्याण
बुद्धको उपदेश अनुसार नचले अझै रुनु पर्दछ !
त्यसैले
हे बुद्ध फेरि पनि यो पुन्य भूमिमा आइदेउ
रोग, भोक र शोक हटाउने जुक्ति ल्याइदेउ
अहिले समस्त विश्व नै कोरोनाले आक्रान्त छ
भगवान यो त्रासदीबाट सबैलाई मुक्ति दिलाईदेउ !
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)