
कविता: कृपया ! श्रद्धान्जली नलेख्नु होला
छविरमण सिलवाल
काठमाडौ, कोटेश्वर ।
मर्ने त हिजो पनि मरेका थिए
आज पनि मरिरहेकै छन्
हिजो र आजको मरणको
अन्तर… !
भो कुरा नगरम् ।
महामारीहरु
हिजो पनि आएका थिए
भोली पनि आउँछन्
मान्छे मान्छे विच जब
विश्वासको खडेरी पर्छ
तब तब प्रकृतिले आफ्नो
ताण्डव प्रस्तुत गर्छिन
जाबा मान्छेहरुको नियति त हो
फुस्स हावामा उड्छ,
आफू मर्दा संसारै मर्छ भन्नेहरु
अरुको मत्युमा तमासा गरिरहेका छन् ।
सावधान !
ती तमासे हातहरुले
कसैको मृत्युमा श्रद्धान्जली नलेख्नु होला ।
मृत्यु श्रृङ्खलालाई
प्रोत्साहन गर्न
सिकाउनेहरुको
रजगज चलेपछि
मान्छेहरुको मृत्यमा
आफ्नै दरवार ठड्याउँन
लागि पर्नेहरुदेखि
मृत्यु पनि टाढा भाग्दो रहेछ
उनीहरुको वस्तीबाट !
त्यसैले त ती जाबा मान्छेहरु
रोगलेभन्दा भोकले
शोकले र परिवारको चिन्ताले मर्छन्, मरिरहेछन्
उनीहरुलाई केको सुर्ता
ए ! कसैको मृत्युमा
आँसु पुछ्न नसक्नेहरु हो
सावधान !
उनीहरुको मृत्युमा
फोस्रो श्रद्धान्जली नलेख्नु होला ।
अभाव, महँगीको चरम यातनामा बाँच्नेहरु
एउटै भूगोलका भाई बन्धु नचिन्नेहरु
स्वार्थको रटानसँगै
सम्बृद्धि र सपनाको घनघोर
पहाड किन किन चढाउँछौं ?
सक्छौ भने
छोडीदेऊ स्वतन्त्र !
शासक विनाको राज्यको अनुभूति गर्न
तिमी आफ्नो बली दिन सक्छौँ ?
हो, यदि सक्दैनौं भने
कृपया !
तिम्रा ती कलुषित हातहरुले कसैको मृत्यमा
श्रद्धान्जली नलेख्नु होला ??
समय सान्दर्भिक रचना,,,,,,
ए ! कसैको मृत्युमा
आँसु पुछ्न नसक्नेहरु हो
सावधान !
उनीहरुको मृत्युम
सम्बृद्धि र सपनाको घनघोर
पहाड किन किन चढाउँछौं ?
सक्छौ भने
छोडीदेऊ स्वतन्त्र !
शासक विनाको राज्यको अनुभूति गर्न
तिमी आफ्नो बली दिन सक्छौँ ?
हो, यदि सक्दैनौं भने
कृपया !
तिम्रा ती कलुषित हातहरुले कसैको मृत्यमा
श्रद्धान्जली नलेख्नु होला ??
ती तमासे हातहरुले
कसैको मृत्युमा श्रद्धान्जली नलेख्नु होला ।