
अति नै भयो र कविता लेखेँ
ब्राह्मणपुत्रको लकडाउन डायरी – २४
भरत शर्मा
हिजो राति के भयो,
के–के सुन्नु प-यो ?
राति नै भएको गमन हो
बिहान सुनेको प्रतिगमन भाग–२ हो ।
नहुने पर्ने थियो, भयो
हुनुपर्ने जे थियो, त्यो नहुने भयो ।
नेतालाई चाहिएको सत्ता थियो
सत्ता शीतलनिवासबाट फुत्त हरायो ।
जनताले दिएको हराए भोट
अब भोट नदिने चाहियो खोप ।
चुनावभन्दा अघि भोट होइन, खोप
नेतालाई चाहियो भोट
संसद बनेपछि ल्याउछौं खोप ।
मध्यान्तरमा भएको चुनाव वहिस्कार
महामारीमा राहत चहियो सरकार ।
हत्तेरिका, को सरकार, कहाँको सरकार
देश चलेको छ, शीतल–छायाँ बालुवाटार ।
सिंहदरवार राणाका पालामा बने
शीलत निवास राणाले बनाए
अहिले उनका भक्तहरुले
भित्री मनले अर्को कोतपर्व चलाए ।
लोकतन्त्रको नाममा
बनेको थियो खोस्टो ‘संविधान’
धारा–उपधारा, तीन र चार भन्दै
चाहिएको थियो ‘सत्ता’
पछेउरीले पोकोपारी
लुकुछिपी खाए ।
आज केही नलेख्ने भएँ
बिहानैदेखि ‘संविधान’ पढ्न थालेकोे
लेख्ने कुरा सबै भुलेँ ।
सेतो पर्दामा कालो अक्षर लेख्ने दिन
के लेख्नु, के नलेख्नु
सत्ताका लागि लडेका नेताहरुको शोकमा
‘हार्दिकता’ दिने दिन
सबैलाई चाहिएको सत्ताको स्वाद रहेछ ।
हामीलाई चाहिएको खोप हो
नेताले खोजेको भोट हो ।
हामी सत्ताको प्याला पनि होइनौं
हामी अब भोट दिन पनि जादैनौं ।
सत्ता र प्रतिपक्ष दलका नेता हो
पहिलो हामीलाई खोप देऊ
भोट तिमीलाई खोप हामीलाई
खोप नदिने हो भने
तिम्रा पार्टीका पर्चा जलाउने छौं ।
अब जनताले क्रान्ति गर्ने बेला
पहिलो माग राखेका छन्
चाहियो हामीलाई खोप
सत्तापक्ष चुनावमा
प्रतिपक्ष सडकमा
जनता चाहिँ घरभित्र
कसले दिने भोट ?
हामीलाई चाहियो खोप ।
तिमीले लुटेका धनमा
किरा परोस्, तिम्रा मुखमा किरा परोस् ।
जनताले नेतालाई कसरी दिने आशीर्वाद ?
जनताले दिने अब श्राप ।
चुनावमा तिम्रो हार होस् ।
भान्जा बाबु ! यिनै भाव व्यक्त गर्ने माध्यम तपाइंको कविता भन्दा गद्य शैलि नै बढी अब्बल देख्द छु।