बाटो छेउको तिरस्कृत तितेपाती बनाइयो !

गजल

एक्लो प्रितम खड्का
रुपन्देही

रुपको राजा धन मनग्गे साथी बनाइयो
धन क्रय भो सम्बन्धमा घाती बनाइयो !

राम्रै हुन्थ्यो हरेक कुरा पच्थ्यो झगडा नि
धन हुन्जेल हरेक चिजमा जाती बनाइयो !

सिसाजस्तै सम्बन्धमा छाड्यो आइ दरार
तेल थिग्राउँदै मलाइ पछि काती बनाइयो !

विश्वास पनि अति नै विश्वासमै घात भयो
ऊ भइ सलाई मलाई बाल्न बाती बनाइयो !

सकियो सब स्वार्थ लुट्न बाँकी छैन केही
बाटो छेउको तिरस्कृत तिते पाती बनाइयो !

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button