प्रिय सरकार ! म अस्पताल खोजिरहेछु, अक्सिजन खोजिरहेछु

कविता

कविता पन्थी

प्रिय सरकार
म अस्पताल खोजिरहेछु
म अक्सिजन खोजिरहेछु
तिमी पटकपटक स्वास्थ्योपचार भनी
सिंगापुर , अमेरिका र हङकङ किन जान्थ्यौ भनी
मनमनै गमिरहेछु ।

तिमीलाई जस्तै जीवन सबैको प्यारो हुन्छ।
तिमी छौ भनेर आशा गर्ने , तिमीमाथि भरोसा गर्ने
मेरो सरकार मेरो विपत्तिमा काम लाग्छ भनी
सकी नसकी कर तिर्ने
देश विदेशमा जाने अवसर आउँदा
मेरो देश म आफै बनाउँछु भनी
गौरव गर्ने
सबै नागरिकहरु आज अस्पताल खोजिरहेछन्
बाँच्नको लागि अक्सिजन चाहिरहेछन्
विपत्तिमा अभिभावकको न्यानो स्पर्श चाहिरहेछन्
सबै नागरिक जनविपदमा सहयोग गर्ने सरकार खोजिरहेछन्
सरकार खोजिरहेछन् ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button