बा-आमाको ठाँउमा बसी सोच्न थालें जब
कविता सन्दर्भः अन्तरास्ट्रिय श्रमिक दिवस
शकुन्तला देवकोटा
बच्चा छँदा बा-आमाको पछि लाग्थे जैले
असार, साउन खेती गर्ने सिजन सुन्थेँ मैले ।
घर भरी अन्नपात भर्नु पर्छ पहिले
छोराछोरी धेरै छन् के खुवाउँछस तैंले ।
उमेर पुग्यो, बिहे भयो फरक, रह्यो भिजन
ब्यापारमा नि लागू हुने रैछ त्यस्तो सिजन ।
बा-आमाको ठाँउमा बसी सोच्न थालें जब
बैंकमा नि थोरै बचत गर्नु पर्छ अब ।
समयले मानिसलाई कता कता मोड्छ
यो सासले शरीरलाई कति बेला छोड्छ ?
सिजन पनि कस्तो आयो, मृत्युको रे अहिले
निर्मुल पार्ने औषधि नि बन्ने रछ कहिले ?
मानिसभन्दा बलियो वस्तु यो धर्तीमा खस्यो
श्रम गरी खाने जति सबै भित्र पस्यो ।