कुलदेउतासँग क्षमापुजा गरी आफुखुसी बिछोड हुनुपर्यो

गजल

रतन साउँद

आज जानिजानी उसँग, आफुखुसी बिछोड हुनुपर्यो
प्रेम गर्छु भन्ने पापीसँग, आफुखुसी बिछोड हुनुपर्यो ।

हुनत प्रेममा विश्वास गर, भन्ने गर्थ्यो पिपासु धोकेबाज
चण्डाल थियो गद्दार त्यसैले, आफुखुसी बिछोड हुनुपर्यो ।

मस्ती गर्नलाई माया, उसको लागि मात्र फेसन हुँदोरहेछ
बेकारमा लाएको पिरतीको, आफुखुसी बिछोड हुनुपर्यो ।

माया प्रेम गर्छु भन्नेले, समर्पणलाई भुल्दै गएपछि
टाँसिएको खोटो जस्तासँग, आफुखुसी बिछोड हुनुपर्यो ।

मायामा झेलिएको कैदी, दिनरात सकसमा परेपछि
कारागारको जन्जिर तोडेर, आफुखुसी बिछोड हुनुपर्यो ।

भाकल गरेर आफ्नो बनाउन, वाचावचन गरेका मुखण्डासँग
कुलदेउतासँग क्षमापुजा गरी, आफुखुसी बिछोड हुनुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button