बिताऊ जीवन मिहिनेतको
कविता
रतन साउद
जननि जन्मभुमि
जय जय माता जन्मदाता
जय जय जगदम्बा
खुन पसिना, बाहुबलको मेहनत, परिश्रम गरेर बन देशको खम्बा ।
दिनु दिनु साहस दम तनको, लाउनु झन तागत, गर्छन् आस सबले
केही दिनु केही लिनु, हात अघि बढाउनु, भेद तोडिदिनु भित्री मनले ।
असल चरीत्र राम्रो, जुनीजुनी भोग्लान सबैले, कदर गर्लान् पहलको
हातमा हात मिलाई, मनको बिकार सफा गराई, होला कायापलट सबको ।
यो जुनी आज छ, भोलि हुन्छ फुस्स, कदम चालनु हुने गरी भलो
यही हो जन्मथात, पोख मेहनत र परिश्रम, यही हो काम गर्ने थलो ।
भारी बोकि भिर पहरा, उकाली ओराली कति गर्नु, हाम्रा यी दुई पाउले
पन्छाउ ढुङ्गा अनि माटो, सम्म पार बाटो, थाल ती तिम्रा कर्मठ हातले ।
श्रोत यहाँ तमाम पानीका, जम्मा गरी कुल्याउँ, निर्मल खाने पानी बनाउँ
पानी नै हो सभ्यता, गरिदिन्छ यसले सबैको भलो, जीवन सहज गराउँ ।
कुनै काम हुदैन, अँध्यारोमा सुत्नेबाहेक, झिलिमिली पार देश उज्यालो
कमी केही छैन, नागरिक चाहिन्छ कर्मठ लायक, आँटले भाग्छ सधै अँध्यारो ।
बिरुवा रोपौं पारौ हरियाली, प्रकृतिले बास दिन्छन्, सब जीव जगतलाई
हुन्न कुभलो कसैको, देश साझा संसार साझा, मिलेर बद्लौ उजाड फगतलाई ।
ज्ञान हासिल गर्नु, निती पालना गरीहाल्नु, राख्नु मान ईज्जत कुलको
शिक्षामा सबै थोक, बन्चित नहुनु विद्याबाट, हटाऊ अज्ञान संसारको ।
दुई हात सबैसँग छन्, चाहियो पौरख यहाँ सबैको, उद्यान गर्न यस कालमा
बिताऊजीवन मेहनतमा, रिस राग धोई मनको, हातेमालो गर्दै एकै चालमा ।