१२ वैशाख २०७२
कविता
जय भण्डारी
निर्धक्क थिए सबै आ–आफ्नो धुनमा
वैशाखी वसन्तको शनिबारे दिनमा ।
पत्तै नदिई आयो, पार्यो सबैतिर हलचल
छचल्क्यायो चराचर अनि जलथल ।
कसैको भयो उठिबास त कसैको लुछ्यो आफन्ती
ढले कति धरोहर त, विलुप्तमै अस्ताए कति जिन्दगी ।
समय घर्कदै पनि आलै छन् कति घाउहरु
जिन्दगी भर नमेटिने ट्रमा र संघातिक डोवहरु ।
बिर्सन सकिन्छन् प्रलयका कति अन्य दिन
तर, बिर्सन सकिंदैन २०७२ वैशाख १२ को त्यो मध्यदिन ।