भिनाजुको नाइटी

लक्ष्मण अधिकारी

अफिसमा निकीको मुख्य काम थियो प्रेम गर्ने । ऊ प्रेमशिल्पी थिई । मै हुँ भन्ने पुरुष पनि उसको प्रेमवाणले भुतुक्कै हुने । दूध खाने बाछोले माउ पच्छ्याएजस्तै पुरुषहरू निकीलाई पच्छ्याउँथे । उसको यौवनभोगको लालसाले पुरुषहरू जसो भन्यो उसै गर्न तत्पर हुन्थे । क्यासिनोमा खेल्न आएको सौखिन धनाढ्यले ठूलो रकम जितेर गयो भने निकी प्रेम जालमा फसाएर फेरि क्यासिनोमै ल्याइदिन्थी । जुवा जितेर ऊ कहाँ जान्छ, के गर्छ, त्यसको विवरण अरुले तयार गरिदिन्थे, अनि ऊ सक्रिय बन्थी । प्रेमको नाटक गर्दै ऊ विभिन्न ठाउँमा सँगै घुम्छे । एकदिन क्यासिनोभित्र ल्याएर टाट पल्टाउँछे अनि केही दिन बेपत्ता हुन्छे, समुन्द्रमा सियो हराएजस्तै । यही नै उसको दिनचर्या थियो ।

यसैगरी उसले धेरैलाई प्रेम जालमा फसाई । तर आफ्नोे जीवनसाथी बन्न लायक कसैलाई हृदयमा बसाउन सकिन । कहिलेकाहीँ ऊ आफैँ छक्क पर्थी र डिप्रेसनको शिकार हुन्थी । नयाँ शिकारको विवरण हात लागेपछि ऊ फेरि उत्साहित हुँदै लभ गर्ने योजना बुन्थी ।

एकदिन उसको हातमा निकै ठूलो शिकारको विवरण आयो । करिब छत्तीस वर्षको गुजराति हीरा व्यापारी काकुले तीन करोड रूपियाँ जति जितेर लगेको रहेछ । यो थाहा पाएर अरु क्यासिनोका शिकारी युवतीदेखि लुटेराहरूसमेत उसको पछि लागे ।

निकीले योजनाबद्ध काम थाली । पहिलो पटक काकुलाई नगरकोटको एउटा रेष्टुराँमा ट्राभल एजेन्टका रूपमा भेटी । एक कप कफी नसकिदै उसले काकुलाई काठमाडौँ उपत्यकाको कल्चरल टुरका लागि राजी गराई । आफैँ गाडी चलाएर उसले काठमाडांै उपत्यकाका महत्वपूर्ण सांस्कृतिक स्थलहरूको भ्रमण गराई । सहरका सुन्दर दृश्यहरूको आनन्द त छँदै थियो । सँगै रहेकी निकीको हाउभाव र मादकतापूर्ण मुस्कानमा काकु अझ लट्ठ परेको थियो । जिन्स सर्टबाट आधा उदाएका पुष्ट अंगहरू मोटरको वेगसँगै उफ्रिएको देख्दा उसले आपूmलाई काबुमा राख्न सकिरहेको थिएन । स्टेरिङमै बसेर झम्टिहालौँ जस्तो लाग्थ्यो ।

निकी काकुको रागयुक्त मनोभावको आंकलन गरिरहेकी थिई । रतिलम्पट आवेगले काकुको शरीरका रक्तकणहरूमा आएको तीव्र हलचललाई रन्किएको उसको अनुहार र लरबरिएको बोलीले उदाङ्ग पारिरहेको थियो । फुत्किसकेको माछो आफ्नै ढडियामा फस्दै गरेको देखेर निकी भित्रैदेखि फुरफुर गरिरहेकी थिई । घाँटीको सल प्mयाँकेर मोटरसँगै आफ्नो अंगहरू उफार्दै ऊ अघि बढ्दै थिई ।

यस क्रममा ऊ काकुको जीवनलाई पनि गहिरिएर नियाल्दै थिई । कसैको भावना थुत्न र जीवनका उतारचढावको शल्यक्रिया गर्न पनि निकी सिद्धहस्त थिई । काकु सपेराको विनमा मोहित सर्पजस्तै एकोहोरिएर आफ्नोे जीवनवृत्तान्त सुनाउँदै थियो ।

बिहे गरेको दोस्रो वर्षमा कार दुर्घटनामा गर्भवती पत्नीको मृत्यु भएपछि मानसिक तनावमा परेर काकु एक महिना सिंगापुरको पुनस्र्थापना केन्द्रमा बसेछ । त्यसपछि मन बहलाउन नेपाल छिरेको रहेछ ।

काकुको हृदयस्पर्शी घटना सुनेर निकी संवेदनशील बनी । उसले पनि सहानुभूतियुक्त भावना पोखी र माया दर्शाई । उनीहरूमा भावनात्मक रूपले सामिप्यता बढ्दै थियो । साँझमा छुट्टिए पनि सम्बन्धको नजानिदोे डोरो कायम भयो । उसका संवेगयुक्त भनाइबाट निकीको मनमा केही फरक अनुभूति भइरहेको थियो । काकुको मन पनि घरिघरि बेचैन हुने गथ्र्यो ।

भोलिपल्ट काकुले नै फोन गरेर लञ्चमा निम्त्यायो । काकु प्रेमजालमा फसेकोमा ऊ ढुक्क भई । त्यसपछि उसले चितवन र लुम्बिनी भ्रमण गराई । यसक्रममा निकीको मनले नयाँ बाटो समात्यो । उसले व्यावसायिक मान्यता कुल्चदै भावनात्मक सम्बन्धलाई शारीरिक सम्बन्धसम्म पु¥याई ।

काकुलाई क्यासिनोमा ल्याउन निकीमाथि दबाब बढ्दै थियो । तर उसले अफिससँग बेइमानी गर्दै टालटुले कुरा गरी । काकुलाई सबै खुलासा गरेर काठमाडौँ आएको भोलिपल्टै दिल्लीतिर उडाई । त्यसपछि क्यासिनोको जागिर छोडेर ऊ पनि दिल्ली एयरपोर्टमा अवतरण गरी । घुम्दाघुम्दै काकुले निकीलाई मुम्बई पु¥यायो र ताज होटलमा बिहे ग¥यो ।

‘एउटा भएको छोरो, पत्नी वियोगमा भौतारिएर हिडिरहनु भन्दा बिहे गरेर घर बसाएकै ठीक’ भनेर परिवारले चित्त बुझाए ।

निकीको दैनिक जीवन राम्रै थियो, तर बिहे गरेको डेढ वर्षसम्म गर्भ नरहेकोमा भने मन जल्न थाल्यो । दिदी नीलमका अगाडि आफ्नै बच्चा बोकेर जाने चाहना पूरा हुन सकेको थिएन । मन्दिरहरूमा गएर उसले ‘भगवान्् मलाई आमा हुने अवसर दिनुस्’ भनेर पटकपटक आशिर्वाद मागी, तर उसको झोली रित्तै रह्यो ।

दुई वर्षसम्म पनि गर्भ नरहँदा ऊ हतास भई । सासूससुराले पनि चासो दिन थाले । यसैबीच निकीलाई बेलाबेला रक्तश्राव हुन थाल्यो । परीक्षण गर्दा पाठेघरमा ट्युमर देखियो । काकुले निकीलाई सिङ्गापुर लग्यो । चिकित्सकले ‘पाठेघर ननिकाले क्यान्सर फैलिने’ कहालीलाग्दो अवस्था सुनाए । यसले निकीको अहंमा ठेस पुग्यो, घण्टांै रोएर बसी ।

‘जब सन्तान जन्माउनै सक्दिन भने बाँचेको के सार भो ?’ भन्दै अस्पतालकै भ्mयालबाट हामफाल्ने विचारसमेत गरी । ‘जीवन रहे सन्तान जन्माउने उपाय अनेक छन्’, काकुले हौसला दियो ।

अप्रेसन सक्दा निकीको पाठेघर फोहरको डङ्गुरमा पुगिसकेको थियो । निकीले आफ्नोे संसारै क्षतविक्षत भएको अनुभव गरी । माइत जान पनि छोडी । नीलमले फोन गरेर सान्त्वना दिने प्रयास गरी, तर निकीलाई ‘आफ्नोे आलो घाउमा नुनचुक दल्न दिदीले हेपेर फोन गरेको’ भन्ने प¥यो ।

पहिला दिदी–बहिनीबीच प्रगाढ प्रेम थियो । एकविना अर्को रहनै नसक्ने जस्तो । निकी तरुनी हुँदै जाँदा उत्पन्न भ्रमले उनीहरूको प्रेम शत्रुतामा परिणत भयो ।

१८ वर्षीया निकीले एकदिन दिदी नीलमको हात हल्लाउँदै सोधी, ‘दि बच्चा पाउँदा कस्तो हुन्छ ? साच्चै गाह्रो हुन्छ हो ?’

‘ए..ई तँलाई किन चाहियो ?’ नीलमले हाँस्दै हात झट्कारी ।

‘दि साच्चै भन् न भन्, गाह्रो हुन्छ कि ? रमाइलो ?’ उसले अझै इत्तरो पारा निकाली ।

‘आमा बन्न पाउनु भाग्य हो, तर बच्चा पाउने काम त एक पटक मरेजस्तै हुन्छ, के को रमाइलो ?’

‘रमाइलो नहुने भए तँ किन भिनाजुलाई एक छिन छोड्दिनस् त ?’ उसले खित्का छोड्दै कुरो बटारी ।

निकी पहिलेदेखि नै सुन्दर थिई, पढ्नमा तेज । उसको जिद्दी गर्ने बानी र चुलबुलेपन चाहिँ पहिलेदेखि नै चर्को । सानैदेखि ऊ जे पनि आफैँ जित्न खोज्ने, दिदीलाई सताउने । दिदीले जित्दा, रुँदै आमालाई पोल लाउन कुद्थी । दिदीचाहिँ डरले उसलाई समाउँदै, ‘निकु तैँले नै जित्या हो’ भनेर फकाउँथी ।

छिटै बिहे गरेर आमा बन्ने’ सोचले उसको दिमागमा जरो गाडेको थियो । ऊ बालबालिकालाई धेरै मन पराउँथी, अगाध स्नेह प्रकट गर्थी । बाल मुस्कानले उसको मन भित्रैदेखि प्रसन्न हुन्छ । बेलाबेला दिदीकहाँ गएर छोरीसँग लटुपुटु गर्थी । दिदीलाई हरेक शुक्रबार घर आउन कर गर्थी ।

निकी र नीलम भेट भयो कि खूब गफिन्थे, हाँसठट्टा गर्थे । दिदी बहिनीको प्रेम देखेर छिमेकीहरू इष्र्या गर्थे । निकी दिदीको निजी जीवन खोतलेर हैरान पार्थी । कहिलेकाहीँ उत्ताउली बन्दै सीमा नाघेर बोल्थी । उसको कुराले दिदी रातोपीरो हुँदा निकी जीतको महसुस गर्थी । त्यस दिन पनि उसले विचारै नगरी दिदीलाई सेपी । एक वर्षको छोरी लिएर दशैँको टीका थाप्न आएकी नीलमलाई बहिनीकोे उत्ताउलो कुराले मनमा चसक्क पा¥यो । तैपनि उसले सामान्य भावमा ‘अँ..’ भनेर टारी । ‘सबैकी कान्छी मायाले पुलपुलिएकी’ भनेर चित्त बुझाई ।

तर निकीले भनोभाव बुझिन, उत्ताउलो पारामै, ‘ह्याण्डसम भिनाजुलाई अरुले उडाउला भनेर पछिपछि लाग्या हो कि ?’ भनेर दिदीलाई चिडचिड बनाई ।

‘ल, यो त जे पनि बोल्छे’ भन्दै नीलमले धकेली । उसलाई लाग्यो, ‘निकी अब तरुनी भई, वासनात्मक भावना पोख्न थाली । कतै यो भिनाजुतिरै आकर्षित हुन थोलेकी त छैन ? सधैँजसो बच्चाको रहर देखाउँछे । बच्चा हेर्ने निहुँमा बाउलाई नै भेट्न आउने गरेकी पो हो कि ?’ मनमा शङ्काको विजारोपण भयो । एक मनले ‘त्यस्तो त होइन होला’ भन्यो, तर अर्को मनले साली–भिनाजुको हिमचिमबारे चासो दिन उक्सायो ।

दिउँसो निकीलाई भिनाजुले फोन गरे, १५ मिनेट जति बोले, नीलमलाई जलन भयो । पहिले पनि उनीहरू फोनमा लामै बोल्थे तर वास्ता गर्दिनथी । अब परिस्थिति बदलियो, नीलमले चासो दिन थाली ।

साँझमा पति ससुराली आए, नीलम बच्चालाई खुवाउन व्यस्त थिई । बैठकमा साली–भेनाको मस्कामस्की देखेर नीलमलाई डाह भयो, शङ्काको टुसा हुर्किँदै गयो । तर निकीले यसको छनकसम्म पाएकी थिइन । त्यस दिन हतारमै टीका थापेर नीलम माइतीबाट हिंडी । आमालाई निको लागेन, किन हतारिए, भेउ पाइनन् । बोकेर पेटमा गुदगुदी गर्दै हँसाइरहेको छोरीलाई दिदीले तानेर लगेकोमा निकीको पनि मन कुँडियो ।

केही दिनपछि निकीको जन्मदिनमा सदा झैँ दिदी–भिनाजु बोलाइए । नीलम सन्चो नभएको बहाना गरेर गइन । उसका पतिले ‘गिफ्ट पठाइदेऊ’ भनेर एउटा पाकेट दिए । उसले खोलेर हेर्दा बँैककबाट ल्याएको ‘नाइटी’ रहेछ । त्यो त उसैलाई मन परेको थियो, ‘उसलाई नसोधी किन सालीलाई गिफ्ट दिन लागे ?’ शङ्का बढ्यो । त्यो गाउन लगाएर बहिनी आफ्नोे बेडमा सुतिरहेको दृश्य उसको मस्तिष्कमा झलक्क आयो, सह्य भएन, त्यो नाइटी नपठाई घरमै दम्पच गरी ।

यहाँसम्म त दिदीले बहिनीसँग शीतयुद्ध छेड्दै छ भन्ने संकेत कसैले पाएन । तर एकदिन सिभिल मलमा जम्काभेट हुँदा ‘बर्थ डे गिप्mटको नाइटी कस्तो लाग्यो त ?’ भनेर भिनाजुले दिदीकै सम्मुख सोधेपछि भने दिदी बहिनीको प्रेममा दरार सुरू भो । आपसमा भनाभन हुँदै, बोलचालै कम भो । उनीहरूबीचको द्वन्द्व सतहमा आयो । नीलम माइत आउने क्रम पातलियो ।

यसैबीच नीलम दम्पती सरुवा भएर काठमाडांै बाहिर गए । दिदीको छोरीसँगको सामिप्यता तोडिदा निकीको हृदय निकै दिसम्म चिस्सियो । उसलाई आपूm हारेको महसुस भयो । यसपछि उसले ‘बात्सल्य प्रेमप्यास मेटाउन आफैँले सन्तान जन्माउनु पर्ने रहेछ’ भनेर चित्त बुझाई । अरुका शिशुहरू देख्दा उत्पन्न हुने प्रेममय रसलाई घुटुक्क निल्दै नजर मोड्न थाली । उसले मनमा इख पाली, विवाह र सन्तान सुख उसको जीवनको प्रमुख एजेण्डा बन्यो ।

सुन्दरता र हाइफाई जीवनशैलीका कारण पढाइ सकिनासाथ उसले क्यासिनोमा जागिर पाई । विवाह बन्धनमा बाँधिने चाहना २७ वर्षको उमेरसम्म पूरा हुन नसक्दा भने अन्तरमनमा निराशाले घर बनायो ।

सुरूमा उसले आपूm धेरै राम्री भएको अहंले लरतरो केटालाई ढिम्कीनै दिइन, भाउ खोजी । कसैलाई के, कसैलाई के खोट देखाई । उसलाई लाग्थ्यो, ‘छिचरो दाँत भएर त दिदीले त्यस्तो हेण्डसम लोग्ने पाई, म ऊभन्दा राम्री छु, जो पायो त्यहीसँग किन होम्मिनु ?’ उसको यही अहंले उमेर ढल्किदै गयो, भाउ दिनेहरू कम हुँदै गए । उमेरले बत्तीस बसन्त पार ग¥यो, ऊ निराशाबाट ग्रस्त हुँदै थिई ।

यस्तैमा ऊ क्यासिनोको ग्राहक काकुसँग आत्मियता जोड्दै प्रेम विवाह गर्न पुगी । तर लामो प्रयास गर्दा पनि आमा बन्न नसक्दा ऊ निकै निरास थिई । त्यसमा पनि क्यान्सरका कारण पाठेघर नै झिकेर प्mयाँक्नु पर्दा ठूलो बज्रपातको महसुस गरिरहेकी थिई ।

काकुको परिवारमा पनि वंश नै विनास हुने स्थिति आएकोमा ठूलो चिन्ता परिरहेको थियो । अर्को विवाह गरेर भए पनि वंश चलाउनु पर्छ भनेर काकुलाई दबाब आउन थाल्यो, तर उसले मानेन । बरु सन्तान प्राप्तिका लागि के के गर्न सकिन्छ भनेर सोधखोज गर्न थाल्यो ।

सन् २०१५ को एउटा विहानीको सूर्योदय निकीको जीवनमा उत्साहजनक सन्देश लिएर आयो । प्रातः भ्रमणकै क्रममा काकुले निकीसँग प्रस्ताव राख्दै भन्योे, ‘स्वीडेनमा पाठेघर प्रत्योरोपण गरेर सन्तान जन्माउन सफलता मिलिसकेको रहेछ, यसको ट्रायल अझै चलिरहेको छ, के हामी पनि कोसिस गर्ने हो ?’

यो सुनेर निकीको सम्पूर्ण शरीर तरङ्गित भयो । सुरूमा त विश्वासै लागेन । तर ‘आपूmहरूले ट्रायलकै लागि भए पनि कोसिस गर्दा सफल हुन सक्ने काकुले आसदेखाउँदा भने उत्साहित भई । उसलाई हावासँगै उडौँ उडौँ जस्तो भयो ।

काकुका परिवारले यसका लागि स्वीकृति दिएपछि उनीहरू स्वीडेनतिर लागे । स्वीडेनको अस्पतालले सम्पूर्ण परीक्षण गरेपछि उनीहरूलाई पाठेघर प्रत्यारोपणका लागि रजिष्टर गरिदियो ।

अब समस्या थियो, पाठेघर कसले दिने ? सन्तानको रहर पूरा भइसकेका कुनै स्वस्थ महिलाबाट पाठेघर दानका रूपमा पाउनु ठूलो कुरा थियो । पाठेघर निकालेपछि दाता महिलामा देखिन सक्ने हर्मोनल समस्याका डरले दाताहरू पाउन मुश्किल हुने ।

‘रहर त गरियो, तर कसरी पार पाउने ?’ दुवैको मन उथुलपुथुल भयो ।

उनीहरूले पाठेघर दान पाउन ‘सन्तानविहीन आमाको बिन्ती’ भन्दै सामाजिक सञ्जालमा अनुरोध प्रकाशित गरे । धेरैतिरबाट सोधखोज र प्रतिबद्धताहरू आए । वास्तवमा पाठेघर प्रत्यारोपण परीक्षणकै क्रममा रहेकोले चिकित्सा क्षेत्रमा इतिहास रच्ने कुरा थियो । त्यसैले पनि धेरैको चासो भयो ।

इच्छुक दाताहरूको स्वास्थ्यलगायतका विवरण हेरेपछि एकजना दातालाई चिकित्सकहरूले सिफारीस गरे । ती महिलाले सर्त राखिन्, ‘सन्तान जन्माउन सफलता नमिलेसम्म आफ्नो परिचय कसैलाई नखुलाउने ।’

त्यही अनुसार गोप्य रूपमा नै निकीको पेटमा पाठेघर प्रत्यारोपण भयो । प्रत्यारोपण सफल भएको चिकित्सकहरूले घोषणा गरे । चिकित्सा क्षेत्रमा यसले ठूलो चर्चा पायो ।

प्रत्यारोपणको केही महिनापछि नै गर्भ रह्यो । यी सब प्रगति आश्चर्यजनक रूपमा भइरहेका थिए । यसले परिवारमा मात्र होइन चिकित्सकहरू पनि हर्षित थिए । तीन महिनासम्म भ्रूणको विकास राम्रोसँग भइरहेको थियो । दिदी नीलमले पनि फोन गरेर शुभकामना दिई । तर दुर्भाग्य यसको लगत्तै केही दिनको रक्तस्राबपछि गर्भपतन भयो । फेरि उनीहरू पीडाको भुमरीमा परे । निकीको दिमागमा ‘दिदीले शुभकामनाका रूपमा श्राप दिइछ’ भन्ने प¥यो । उसले दिदीसँगको सम्बन्धको त्यान्द्रोलाई चुँडिने अवस्थामा पु¥याई । ऊ ज्यादै हतोत्साही बनी । सन्तान सुखका लागि गरिरहेको संघर्षलाई बीट मार्ने मनस्थितिमा पुगी, तर काकुले हार मानेन ।

दुई महिनाको आरामपछि फेरि गर्भाधानको कोसिस भयो, गर्भ रह्यो, चिकित्सकहरूले निकीलाई पूर्ण रूपमा बेड रेष्टमा राखे । भ्रूणको विकास राम्रोसँग भइरहेको थियो । सात महिना राम्रैसँग कट्यो, आठौँ महिना कसरी कटाउने ? सबैको मुटुको ढुकढुकी बढ्न थाल्यो । हरेक दिनका पलहरू पट्यार लाग्दा बन्न थाले ।

आठौँ महिना कट्नै लाग्दा प्रमुख चिकित्सकले बधाई दिए, ‘निकी, तिमीले यो युद्ध जित्दै छौ ।’ यो सुनेर उसलाई असीम खुसी लाग्यो ।

पतिको वंश निरन्तरताको कुराभन्दा उसका लागि आमा बन्ने र बात्सल्य प्रेम सागरमा डुबुल्की मार्ने चाहना ठूलो थियो । काखीमा बच्चा राखेर मुस्काउँदै माइती प्रवेश गर्नुमा नै उसले आफ्नोे जीत ठानिरहेकी थिई । त्यसका लागि ऊ व्यग्रताका साथ प्रतीक्षारत थिई ।

तोकिएको प्रसूति दिनभन्दा दुई हप्ताअघि नै निकीले असजिलो महसुस गरी । पीडा हुन थालेपछि चिकित्सकले अस्पताल भर्ना गरे । दुई दिनपछि सिजेरियनबाट बच्चा जन्माए । स्वस्थ सन्तानको जन्म साँच्चिकै उत्सवमय बन्यो । निकीले उल्लासपूर्ण विजयको सास लिई ।

निकीले आपूmलाई खुसीको माहोलभित्र घेरिएको पाई । सबैले बधाई, शुभकामन दिए । ऊ स्वस्थ भई, अस्पतालबाट डिस्चार्ज हुने भयो । जीतको हौसलासँगै निकीको मनमा फेरि केही गह्रौँ भारी बोके जस्तो, केही नपुगे जस्तो भइरह्यो ।

डिस्चार्जपछि हिंड्ने बेला उसले चिकित्सकहरूलाई धन्यवाद दिंदै भनी, ‘यो सफलता तपार्ईंंहरू र पाठेघरदाताको महादानबाट सम्भव भएको हो, म त खोक्रो तवला जस्तो मात्र थिएँ । मेरो मातृत्वलाई सार्थकता दिने दातृ आमालाई मैले धन्यवाद भन्नसमेत पाएकी छैन, के म एक पटक उहाँलाई भेट्ने अबसर पाउँछु ?’

‘तिमी घर फर्किनुअघि नै भेट्ने व्यवस्था मिलाउन कोसिस गर्दै छौँ, उनी पनि तिमीलाई भेट्न लालायित छन्, यो आजै पनि हुन सक्छ’, प्रमुख चिकित्सक मुस्कुराए ।

त्यसै साँझ निकीका ससुराले होटल स्क्यान्डिक टावरको चौतिसौँ तलामा आफन्त र चिकित्सकहरूलाई रात्रिभोजका लागि निम्त्याएका थिए । त्यसको प्रमुख अतिथि तिनै पाठेघरदाता भएको थाहा पाउँदा निकी प्रफुल्ल बनी । उसको अधैर्य हेर्नलायक थियो ।

अतिथिहरू आए, तर प्रमुख अतिथि नआउँदा निकी छटपटाई । केही क्षणमै घुम्टो हालेर चिकित्सकसँगै एक महिला आइन् । यो देख्नासाथ उसलाई के गरौँ कसो गरौँ भयो । उसले यी पक्कै भारतीय नै हुन् भन्ने लख काटी । सबैले तालीले स्वागत गरे । सरासर आएर उनले निकीलाई अंगालो मारिन् र, ‘धेरै धेरै बधाई छ निकु,’ भनिन् ।

निकी आश्चर्यचकित भई र डाको छोडेर रोई । उसले उठेर पटक पटक अंगालो कसी, अनि रुन्चे हाँसो निकाल्दै भनी, ‘दि फेरि पनि तैँले नै जितिस् । साच्चै नै बच्चा पाउन गाह्रो हुँदो रहेछ ।’

(भर्खरै प्रकाशित अधिकारीकृत कथासंग्रह ‘मर्फिन’बाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button