नीलडामको रन्को
सञ्जु अधिकारी
मण्डिखाटारको शान्त बिहानीबीच सडकमा गुडिरहेका गाडीको हल्लाले ब्युँझन बाँकी शहरलाई झक्झक्याइरहेको थियो। दोस्रो तल्लाको शयनकक्षमा सुरज पल्टिरहेका थिए । भित्तामा एक सेट सैनिक कम्ब्याट ड्रेस झुण्डिएको थियो । कोठाभित्रको शून्यताले एक्लोपनाको आभास पनि दिइरहेथ्यो ।
हलुका छोटो एक पिस कपडा लगाएकी सपना सुस्तरी ढोका खोल्दै भित्र पसिन् । खाटनजिकै आएर बसिन् । हप्तौँदेखि रोएर सुन्निएका उनका रसिला नयन अझै पनि गुलाबी थिए । ओठ अझै सुकेर कटकटिएका थिए । आँसु थाम्न सुँकसुँकाएकाले होला नाक सुन्निएजस्तो देखिन्थ्यो । विस्तारै बिरामी सुरजको निधार छामिन् । ज्वरो छ कि छैन भनेर थर्मामिटरले नापेर उनले तातोपानी गिलासमा राखिदिइन् ।
‘कालु, उठ त ! औषधि खाएर फेरि सुत्नु !’, कुममा समाएर सहारा दिँदै सपनाले सुरजलाई उठाइन् ।
सुरज आँखा मिच्दै उठे । उनी बहकिए झैँ बोले, ‘७ बजिसक्यो ? तिमी किन छिटो उठेको ? म आफैँ उठेर औषधि खाइहाल्थे नि! अलार्म पनि राखेको थिएँ ! नपत्याए मेरो मोबाइलमा हेर त!’
‘तिमी आफैँ उठ्छौ भन्ने विश्वास नभएर त उठेको नि मेजर साहेब !’
उनले औषधि खुवाइन् । चोटले दागैदाग परेका सुरजका खस्रा हातहरू सुम्सुम्याउँदै सपना फेरि स्तब्ध बनिन् । मनैदेखि गाँठो परेर निस्केका आँसुका ढिक्काहरू काँपिरहेका ती गालाबाट गुटुल्किँदै सुरजका हातमा झरे ।
‘कति रोएको नानु ! धेरै पीर नगर न! म ठिक भइहाल्छु नि ! दुर्घटना हो, मैले रक्सी धोकेर मोटरसाइकल ठोकेको हैन क्यारे ! धन्न मरिनँ, २०–२५ ठाउँमा हड्डी भाँच्चिएको मात्रै त हो नि ! अलिक महिनामा ठिक भई पनि हाल्छु क्यारे ! तिमीले यस्तै पीर मान्छौ भनेर मैले भनेकै थिइनँ । प्रेरणालार्ई जान्ने हुनुपर्ने ! तिमीलार्ई भन्दिहालिछ ! तिमी आफैँ यस्तो भारी जीउ भएको बेला, मैले गर्दा झन तनाव भयो’, उनी मलिनो अनुहार बनाएर बोले ।
‘तिमी सधैँ मसँग कुरा लुकाउँछौ ! अमेरिका जाने बेलामा पनि भन्दै नभनी गयौ ! केही दिनदेखि अनौठो भयले सताइराखेको थियो । तिम्रोबारे मात्र सोचिरहन्थेँ । झन् तिम्रो फोन बन्द भएकोले मलार्ई एकदम डर लागिराखेको थियो । म अस्ति माइती जाँदा पनि यतैबाट गएकी थिएँ । गाडी रोकेर तिम्रा काकालार्ईसोधेँ तर केही भनिस्सेन !’
‘तिमी विवाहित मान्छे, अझ पाँच महिनाको कोख बोकेको नाजुक शरीर छ । खबर गरेर कसरी पीर दिन सक्छु र ?’,सुरजले भासिएको आवाजमा कारण खुलाए ।
‘कोख बोक्नु भनेको बिरामी हुनु हो र ? पेटमा बच्चा भयो भन्दैमा तिमीले मलार्ई दया गर्नुपर्ने ? अहिले थाहा पाउँदा मलार्ई कस्तो अनुभव भयो ! रमाइलो लाग्यो जस्तो लाग्यो ?’, सपना सन्किइन्, उनका हत्केलाबाट आफ्नो हात छुटाएर ठुस्स बसिन् ।
‘त्यही पनि बाबा ! तिमी धेरै पीर मान्छौ भनेर ! मलार्ई थाहा छ नि !’, छुटेका कोमल हातका औँलाहरू फेरि आफूतिर तानेर सुम्सुम्याउँदै उनीहल्का उठे । सपनाका गाला अगाडि झुम्मिएका कपाल हटाउँदै पछाडि सिउरिदिए । झुकेको उनको चिउँडो उठाएर हेरे । पीडाले अड्किएको श्वास खुल्दै मसिनो बोली निस्कियो –
‘तिमी बिहे गरेर गएकी साथी, पारिवारिक सीमारेखा छन् । दुर्ई जीउको नाजुक शरीर बोकेर यहाँ आऊ भनेर कसरी भनौँ ? खबर पाएदेखि एकछिन छोडेकी छैनौ ! अस्पतालमा पनि बिहानदेखि बेलुकासम्मै बस्यौ!घर आएपछि सँगसँगै आयौ !बाँसबारी माइतीका सपरिवार बेलायत बस्छन् । तर घरकालार्ई माइती गएर आराम गर्छु भनेर यहाँ आएकी रहेछौ । काममा आराम गर्छु भनेर छुट्टी त लियौतर आएदेखि एक रात राम्ररी सुतेकी छैनौ । न घर जान्छौ, न अफिस ! खाली गुमसुम, खाली अश्रुधारा बगाउँछौ । यति धेरै माया नगर बाबा अब ! म यो जुनीमा गुण तिर्न सक्दिनँ ! मेरो यति स्याहार नगर ! जीउ त बलियो होला तर यो मोहनीमा मन झन टुट्दै जान्छ !’
‘मायासाया केही गरेको छैन ! तिमीलार्ई साथी बसेको मात्र हो ! एउटा कर्तव्य !तिमी छिटछिटो निको होऊ, अनि म तिमीलार्ई भेट्दै भेट्दिनँ !’, झर्नै आँटेको आँसु रोक्दै उनी निहुरिइन् ।
‘माया छैन रे ! माया अझै अनुभव भएन है ? माया नभएको भए तिमी यहाँ किन आउँथ्यौ र सानु ? तिम्रो हृदयभित्रको मायाको डोरीले त तिमीलार्ई तानेर यहाँसम्म ल्यायो नि !’
‘ह्या…., तिम्रो माया–पिरतीका कुरा फेरि सुरु भयो ! यो प्रेमस्रेम भन्ने कुरामा मलार्ई विश्वास लाग्दैन । यो मायाको हावाले मलार्ई छुँदैन काले ! म कस्तो ढुड्डाले बनेकी छु भनेर म आफैँलार्ई थाहा छैन । नारी–पुरुषबीच हुने प्रेमको आवश्यकता कहिल्यै अनुभव भएन, चाहिने तङ्खवजस्तो पनि लागेन।’
‘प्रेम संसारको सबैभन्दा ठुलो शक्ति हो, रानी ! भगवान् छ भने मायाकै गुणमा छ । एउटा सुस्त मनस्थितिको बालकलार्ई पनि कसले उनलार्ई न्यानो माया गर्छ, कसले गर्दैन भनेर थाहा हुन्छ । एउटा पागल मानिस या भनौँ अबुझ जनावर नै किन नहोस्, आफ्ना र पराई छुट्याउन सक्छ । आफूलार्ई माया गर्ने, स्याहार गर्ने र हेरविचार गर्ने मनलार्ई जसले पनि चिनिहाल्छन् । बाटोमा ठेस लागेको सानो ढुड्डालार्ई त समाएर नियाल्यो भने त्यसको माया लाग्न थाल्छ !माया नै जीवनको सार हो।माया नै संसार चलाउने सर्वश्रेष्ठ शक्ति हो । जिन्दगीको गीतमा सबैभन्दा मिठो धुन मायाकै हुन्छ’, सुरज सक्दो मायालु भएर बोले ।
‘भयो,यो मायासायाको विषयमा मलार्ई लेक्चर चाहिएको छैन ! सायद जिन्दगीको सड्डीतमा म रम्दिनँ, त्यसैले विभिन्न बाजाको झड्ढारको हेक्का पनि छैन । मायाको लय कसरी मिलाइन्छ, कुन सुरमा कुन स्वर सुहाउँछ मलार्ई जान्नु छैन !’, सपना झर्किँदै बोलिन् ।
रसिला लोचन फेरि भरिएर आए। शून्यताले फेरि नीरवता छायो । ओछ्यानसँगै टक्क बसेकी सपनाले दुवै पाउ माथि तानिन् । सिरानी आफूतिर मिलाउँदै सुरजसँगै पल्टिइन् । प्लास्टर गरिएका ती खुट्टा छाम्दै, स्टिल राखेर सम्याइएको अनुहार सुम्सुम्याउँदै हत्केला थामेर चुमिन् । यतिञ्जेल रोकेर राखेका आँसुका थोपाहरू अन्तर्मनको गहिराइ छोड्दै अनवरत बगे । ती थोपा सपनाको घाँटीमा चुम्दै दौडिँदै त्यो चौडा छातीमा गएर विश्राम लिए ।
दुवैको गला भासिएजस्तो, शब्दहरूको खडेरी परेजस्तो, सन्नाटा ! आसपासका अन्य आवाज पनि उनिहरूको परिधिमा छिर्न डराइरहेजस्तो ! निःशब्द यो बिहानीको न्यानोमा चुपचाप एक–अर्कासँग चुम्बकजसरी टाँसिए – दुई विपरीत जिन्दगानी !
आत्मीयता गाँसिनलार्ई कुनै साइत कुर्नु पर्दैन । अभिन्न मन जोडिनलार्ई शरीरबाट पहिरन उतारिनु पर्दैन । सुँकसुँक गरी आँसुलार्ई थुकसँग निल्दै ह्दयले बोध गरिने त्यो माया नितान्त भिन्नथियो । दुवै न्यानो आलिड्डनमा कस्सिएर जिन्दगीको तमाम थकाइ र कष्ट बिर्सिरहे ।
(‘इन्द्रेणी स्पर्श’बाट)
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)