कविताः मेरी ऊ

रन्जना कार्की

ऊ मेरा लागि सजिएर आउँथी
म झर्केर के नाटक हो भन्थेँ
ऊ मेरा लागि मेहनतले
परिकार बनाउँथी
म खर्चमा दाँजेर हेर्ने गर्थें ।

ऊ नखाई मेरा लागि कुरेर बस्थी
म दिनभर कामकाज नभएको
भन्दै अरुको उदाहरण दिने गर्थें
ऊ मेरो व्यवहारले आहत भई
रातभर सुकसुकाउँथी
म कस्को यादमा तड्पिएकी छेस्
भन्दै वचन लगाउँथे ।

ऊ कोमल, शान्त र सुशील
मेरा वचनलाई सहस्र स्वीकार्थी
सायद यो उसको संस्कार थियो
म ठान्थेँ, यो उसको लाचारी हो ।

म सधै उसमा दोष देख्थेँ
यो मेरो पौरुषत्वको अहम् थियो
या मेरो घमण्ड !
ऊ मेरा लागि व्रत वस्थी
मेरा प्रगतिको कामनामा
म गवारको संज्ञा दिदै
आफ्नी भन्नै सर्माउँथे ।

उ सर्वगुणी
म पटमुर्ख थिए !
उ स्वप्न परी
म पाखण्डी ।

ऊ स्वर्गकी अप्सरा भई
भगवानको शरणमा लिन हुन गई !
म चिर निन्द्रामा थिएँ
ऑंखा खुल्दा
सवै गुमाइसकेको बेवकुफ !
अर्धपागल त थिएँ
पुरै पागल भई जीवन भोग्दै छु ।


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button