लघुकथा: खान त सबै मन थियो । तर, डाक्टरले बाहिरको नखानू भनेको छ !

डा. रवीन्द्र समीर

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो– ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’
बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएका खानेकुरालाई भोको आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरूको बासनाले रसाएर आयो ।
– ‘बाजे ! के खाने ?’
भोकले अम्लपित्त बल्झिएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरूमा दर नसोधी खान हुन्न भन्ने कुरा उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो– ‘आलु चनाको सय रुपियाँ, चाउमिनको एकसय पचास, पकौडाको एस सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी …।’
दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।
– ‘बाजे के ल्याम तपाईलाई ?’
बूढाले खोक्दै जबाफ दिए– ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ …!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button