इन्टेरियर डिजाइनमा रङको रङमञ्च

प्रतिक्षा सेढाईं

भित्ताले घेरिएको निश्चित दायरालाई कोठा त भन्न मिल्ला तर त्यस दायरालाई घरको स्वरुप दिन भने भित्ताले मात्र सक्दैन । त्यस दायरालाई घरको स्वरूप दिन विभिन्न तत्वहरूको उत्तिकै भूमिका हुन्छ । सही तत्वहरूको सही मिश्रण गर्नाले मात्र त्यस दायरालाई घर जनाउन मद्धत गर्छ । तिनै विभिन्न तत्वहरू मध्ये एक हो रङ ।

कुनै पनि भित्ताको सौन्दर्य बढाउन त्यसमा लगाइने रङको एकदम ठूलो भूमिका हुन्छ । सही ठाउँमा सही रङको प्रयोग गर्नसके साधारण देखिने भित्तालाई पनि अलौकिक रूप दिन सकिन्छ । रङको उचित छनोट अनि उचित कार्यान्वयनले घरको सौन्दर्य तथा शोभा बढाउन सक्रिय भूमिका निर्वाह गर्छ ।

इन्टेरियरको काम गर्दा हामी रङलाई दुई किसिमले विभाजन गर्ने गर्छौ । पहिलो हो वार्म टोन अनि दोस्रो हो कुल टोन । वार्म टोन भन्नाले रातो रङ्ग अनि त्यसको सम्बन्धमा रहेका विभिन्न रङलाई जनाउँछ । जस्तै रातो, पहेंलो, सुन्तला रङ्ग, वैजनी, आदि इत्यादि । अनि कुल टोन भन्नाले निलो रङ अनि त्यसको सम्बन्धमा रहेका विभिन्न रङलाई जनाउछ । जस्तै निलो, हरियो, मेहेन्दी रङ्ग, आदि इत्यादि । वार्म टोनले कुनै पनि कोठालाई उज्जल देखाउँछ भने कुल टोन ले शान्त वातावरण दिन्छ ।

कुनै पनि कोठामा लगाइएको रङले मानसिक स्थिति परिवर्तित गर्न तथा गराउन सक्छ । कुनै पनि कोठाको रङ छनोट गर्दा त्यो कोठाको खास प्रयोग के हो भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । कोठाको उपयोग अनुसार रङ्गको छनोट र कार्यान्वयनले त्यो कोठालाई छुट्टै किसिमको सुन्दरता दिन्छ । तसर्थ रङको रङमञ्चमा सुन्दर रङहरुको खेलले नै उचित नतिजा दिन्छ ।


(प्रतिक्षा इन्टिरियर डिजाइनिङका जानकार हुन् । उनले नेपालनाम्चामा नियमित लेख्छिन् । तपाईं पनि इन्टिरियर डिजाइनिङबारे आफुले जानुबुझेको कुरा लेख्नुहोस् र पठाउनुहोस्, nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button