छिमेकी थिरबहादुर लेखक नभएर हामीलाई केही फरक परेन

विद्यालयको अतिरिक्त कृयाकलापले उनी यता आइपुगे । ‘तर, लेख्दैमा केही भइहाल्ने र नलेख्दा केही गुमिहाल्ने होइन । छिमेकी थिरबहादुर शिवा लेखक थिएनन् र त्यसबाट हामीलाई केही फरक परेन’, प्रश्न गर्छन्, ‘म लेखक नहुँदा पनि कसलाई के फरक पथ्र्यो र ?’ ज्यादाजसो अन्तरवार्ता र भ्रमणहरूलाई लेखनको आधार बनाउने उनलाई लेख्नु लतजस्तो छ । नलेख्न उनलाई गारो हन्छ । उनका लागि लेखन एक किसिमको ध्यान हो ।
उन्तिस किताब छापिए । दश वटा प्रकाशनको क्रममा छन् । पूर्णकालीन लेखक भएकै पनि दश बर्ष भइसक्यो ।
नेपालनाम्चाले सुरु गरेको नयाँ श्रृंखला ‘लेखक बोल्छ’ मा कृष्ण धरावासी

कुन घटना, कारण वा प्रेरणाले कहिलेदेखि लेखनमा आउनु भयो ?
विध्यालयको अतिरिक्त कृयाकलापमा हुने कार्यक्रमका कारण म यता आइपुगें ।

लेख्दा के हुन्छ ? र, नलेख्दैमा के हुन्छ ?
लेख्दैमा केही भइहाल्ने र नलेख्दा केही गुमिहाल्ने होइन । तैपनि लेखनले समाज र व्यक्तिको जीवनमा केही न केही प्रभाव अवश्य पार्छ । लेखककै व्यक्तित्वमा पनि फरक त पर्छ नै ।

तपाईंले लेखेकै कारण के भएको छ ? केही त्यस्ता घटना सम्झनु हुन्छ, जसको जगमा तपाईंको लेखन थियो ?
मेरा केही लेखहरूका कारण केही पाठकहरूले आफ्ना जीवनयात्रा परिवर्तन गरेका छन् । केही विवादहरूले आफै अप्ठ्यारोमा पनि परिएको छ ।

तपाईं यदि लेखक नभएकोे भए समाज र संसारलाई केही फरक पथ्र्यो ?
केही फरक पर्दैनथ्यो जस्तो कि मेरा छिमेकी थिरबहादुर शिवा लेखक हनुहुन्नथ्यो । त्यसबाट हामीलाई केही फरक परेन ।

तपाईका लेखनका विषय तपाईं कसरी रोज्नु हुन्छ ? खोज्नु हुन्छ ?
म ज्यादाजसो अन्तरवार्ता र भ्रमणहरूलाई आधार बनाउँछु ।

लेख्दालेख्दै विरक्त पनि लाग्दो होला है ?
मलाई लेख्नु लतजस्तो छ । नलेख्न मलाई गारो हन्छ ।

तपाईं लेख्नु हुन्छ तर त्यसको सम्प्रेषण संकुचित वा व्यापक हुँदा तपाईंमा आउने फेरबदल के हुन्छ ?
निश्चय पनि आफ्नो लेखन सम्प्रेषणले उर्जा दिन्छ । संकुचनले केही क्षण आफ्नो लेखन उर्जालाई रोकेजस्तो हुन्छ तर म तुरून्त अर्को विषयमा लेखन प्रवेश गरिहाल्छु । म कुनै बेला पनि धेरै अल्मलिन्न ।

एकातिर लेखनको लोक छ, अर्कोतिर तपाईंको मन–लोक । अझ अर्कोतिर समाजलोक । यी तीन लोकलाई कसरी एक वा फरक रुपमा बुझ्नु हुन्छ ?
लेखन पनि एक किसिमको ध्यान हो । ध्यानको अवश्थामा मन स्थिर भए झैं लेखनकालमा पनि विषयकेन्द्री भएपछि सबै लोकहरू एकाकार हुन्छन् ।

लेखेरै जीवन बिताइदिने हो ?
जीवन त वितिसक्यो नि । साठी वर्ष पुगिहालियो । उन्तिस किताब छापिए । दश वटा प्रकाशनको क्रममा छन् । मैले आफूलाई पूर्णकालीन लेखनमा प्रवेश गराएको दश वर्ष भइसकेको छ । लेखन नै नशा सरह भइसकेपछि अरू बेग्लै गर्ने कुरा केही पनि त छैन ।

नयाँ आउने लेखकहरुलाई तपाईंको अनुभवमा आधारित केही टिप्स, सल्लाह र सुझाव ?
लेखन शैली र चिन्तन फरक बनाउन सके विषयवस्तु पनि परिष्कृत भएर आउने छ । लेखक नै हुने कि रहर पुर्याउने भन्ने पहिला निधो गर्नुपर्छ ।

लेखक धरावासी ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button