कविताः पहरेदार
शंकर पौडेल
मलाई,
पेसमेकरको ब्याट्री फेरेर
देशको मुटु चलायमान राख्न मन छ,
मेरा बैसाखीलाई जङ्गे पिल्लर बनाएर
सिमा निर्दिष्ट गर्न मन छ,
मेरा चश्मालाई दूरबिन बनाएर
छिमेकीमाथि आँखा राख्न मन छ,
हियरिङ एडको आवाज बढाएर
सिंहदरबारको भित्तामा राख्न मन छ,
र पहरा बस्न मन छ दिनरात घरबाहिर
धारिलो खुकुरी बोकेर ।
…
(प्रिय साथी !
तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)