माया लायो अनि गैदेँ

कथा

सागर ‘मणि’ थापा
कीर्तिपुर

म नयाँ कथावस्तुको खोजीमा भौँतारिइरहेको थिएँ । ओहो ! म त एउटा पर्खालको डिलैमा पो आइपुगिसकेको रहेछु । करिब बाह्र–चौध फिट अग्लो पर्खालबाट म खसेको हुन्थेँ भने…?! मेरो मुटु काँप्न थाल्यो । म यत्ति धेरै काँतर भएको थिएँ, पाइलै सरेनन् बा !

म पलभर आँखा चिम्म गरेर टुक्रुक्क बसेँ । जीउ काँप्न छाड्यो र होश सम्हाल्दै पाइला चाल्न थालेँ । म एउटा कोलोनीजस्तो स्थानमा पुगेको थिएँ । म हिँडिरहेको थिएँ । एक कान्लामुनिबाट आइरहेको केटीमान्छेको आवाज सुनेँ र टक्क अडेँ ।

एक केटी भनिरहेकी थिइन्— ‘कुनै बेलाको मेरो चिरपरिचित ठाउँ हो यो । साँच्चै भनूँ भने मेरो बाल्यकालको धेरै समय यहाँको माटोसँग बितेको थियो । यहाँको धूलो र मैलोसँग मैले मितेरी लगाएकी थिएँ ।’

‘मीनपचासको बिदा पनि यहीँकै माटोसँग खेलेर बित्ने गर्दथ्यो नि हैन र ?’ फेरि अर्की केटीको आवाज आयो । मैले केवल दुई टाउकाहरू देख्न पाएँ ।

अघिल्ली छात्रा बताइरहेकी थिइन्— ‘सायद तैँले पनि बिर्सेकी छैन होलिस् । दसैँको टीका र तिहारको भैलो—देउसी पनि प्रायः यही रमणीय वातावरणमा मनाउने गरिन्थ्यो ।’

फेरि दोस्रीले फुरूङ्ग पर्दै भनिन्— ‘मलाई त झोलीकीे देवी मान्दथे । आफ्नो मामाघर भनेपछि हुरुक्कै नहुने को पो होला र ? आमा र मामाको काखमा केही भिन्नता हुन्न ।’

‘तर समयले हामीलाई धेरै पछाडि छाडेर गइसकेको छ ऋतु ।’ उक्त उद्गार गुञ्जनको मुखबाट प्रष्फुटित भएको थियो । उनीहरूको सम्वादबाट मैले थाहा पाएँ । तिनीहरू गुञ्जन र ऋतु थिए ।

केटीहरू उक्त डाँडोको गुणलाई पर्गेल्ने जमर्को गरिरहेका थिए । एक दशके राज्यकलह हुनुपूर्वसम्म त्यस डाँडामा खेतीपाती एकदमै राम्रो हुने रहेछ । बर्खे सिजनका एकएक हाते मकैका घोगाहरू । एक झाम्टो बोटमा चार जनाको परिवारलाई एक छाक पुग्नेगरी फल्ने भटमासहरू ।

मस्याङ, बोडी, पहेँलपुर तोरी फुलेर पोटिला कोसा पाक्दथे, हिउँद याममा । — ‘आहा ! कत्ति रमाइलो थियो मेरो यो मावली गाउँ ।’ गुञ्जन दङ्ग, फुरूङ्ग देखिन्थिन् ।

ऋतुको सुस्केरा छुट्दै थियो— ‘अफसोस् गुञ्जन ! अफसोस् ! तेरो मावली गाउँ अनि मेरो दिदीको बस्ती । अब त एकासमयको कथा भइसकेको छ । सबै सबै कुराहरू बेसाएरै खान पर्ने समय आयो गुञ्जन ! समाज बदलियो । देश बदलियो । त्यही भएर देशको सरकार आयातमुखी अर्थव्यवस्थाका कारण कङ्गाल बन्दैछ ।’

मैले पनि लामो सास फेरेँ । जे होस्, गुञ्जन र ऋतुको भलाकुसारीले मलाई नयाँ कथावस्तुको प्रस्थान विन्दु बनाउन सजिलो बनाइदिएको थियो ।
म निर्माणाधीन एउटा बङ्गलानेर पुगेँ । त्यहाँ घरका मालिक दुइटी कामदार महिलाहरूलाई झपारिरहेका हुन्छन्— ‘कान खोलेर सुन तिमीहरूले ! तिम्रा ठेकेदारलाई घरमालिकले यस्तो भन्नु भो, उस्तो भन्नु भो भनेर कुरा लगाउने होइन नि । नत्र कामबाटै आउट गरिदिन्छु । बुझ्यौ होइन तिमीहरूले ?’

घरमालिक कारमा चढेर बाटो लागे । एक कामदार महिला आफ्नी सहकर्मीलाई सुनाउँदै थिइन्— ‘यो घरपतिजस्तो मान्छे त अहिलेसम्म देखेकी छैन मैले । तैँले नि गमला ?’

गमलाले जवाफ दिइन्— ‘किन नदेख्नु । मेरै लोग्ने थियो नि देउकी ! म चौध वर्षकी केटी थिएँ । त्यो सैँतीस वर्र्षको बूढो थियो । राजमार्गमा गाडी चलाउँथ्यो । घरमा कलिलो उमेरकी स्वास्नी भएर पनि होटेल होटेलमा केटी समाउन जान्थ्यो ।’

देउकीले प्याच्चै भनिदिइन्— ‘तैँले नै बुद्धि बिगारकी त होस् ! चाँडै बैँस चढेको थियो । त्यही भएर ऐले भोग्दैछेस् । नि ! भागे पनि आफ्नो उमेरको केटासँग पो जानुपर्छ । बूढो डाइबरले थाङ्नो बनाएर…।’

‘चुप लाग् नकच्चरी !’ गमला बेसरी च्याँट्ठिएकी थिइन्— ‘तँ नि तँ ? आपूmचाइँ कत्ति न सतीसावित्री छु भन्ठान्छेस् हैन नखरमाउली ?’

गमला र देउकी केही बेरसम्म बाझिरहे । मभित्र भिन्नै प्रकारको उत्सुकताले डेरा जमाउन थालेको थियो । म लुकी लुकी उनीहरूको चरित्र बुझ्दै थिएँ । तीन—चार खेप बालुवा ओसारिसकेपछि उनीहरूको खाजा खाने समय भयो । बाल्ुवाको थुप्रोमाथि एक एक टुक्रा कार्टुन ओछ्याएर दुवै जना टस्याकटुसुक बसे । रोटीको टुक्राभित्र तरकारी हालेर बटार्दै गमलाले गुनासो गरिन्— ‘मैले ल्याएको खाजा तैँले खाने हैनस् केरे । इः आपूmले त खाइयो ।’ तिनी गाँस हाल्न थालिन् । देउती पनि दालमोठ मिसिएको चिउराको फाँको मार्न थालेकी थिइन् ।

पानीले घाँटी रसिलो बनाएपछि देउकीको जवाफ आयो— ‘जस्तो दुःख तँलाई छ, उस्तै दुःख मलाई पनि छ । तँलाई बिहे गरेका लोग्नेहरूले धोखा दिए । मलाईचाहिँ प्रेमीहरूले । जो पनि शरीरै लुट्न खोज्नी । मुर्दारहरू !’
गमलाले ओठ लेप्य्राइन् । मलाई अचानक खोकी लाग्यो ।

‘को हँ त्याँ ?’ गमलाले सोधिन् । अहँ, म साक्षात्कार भइनँ । उनीहरू पनि उठेर आएनन् । देउकी भन्दै थिइन्— ‘जो भए पनि मान्छे त होला नि । के फरक पर्छ र गमला ?’

गमलाले व्यङग्य गरिन्— ‘किन र ? कोही बलात्कारी रहेछ भने पनि तँलाई फरक पर्दैन हो ? हुन त तँ बूढी हुन लागिसकिस् । हिहिहि…! हिहिहि…!’

‘बढी नहाँस् पुmँडी !’ आम्मै ! देउकीको मुख छुरा भैmँ धारिलो भयो । तिनी जुरूक्कै उठिन् र पाखुरा सुर्किन थालिन् । तिनीले गमलाको चरित्रलाई नाङ्गेझारै पारिन्— ‘तँजस्ती तीन ठाउँमा पोइला जाने केटी हैन म । तँ र भुस्याहा कुकुरनीबीच के नै अन्तर रह्यो र ? तँलाई त मर्ने बेलाँ स्याउँस्याउँ कीरा…!’

‘ए नखरमाउली !’ गमलाले टाउकोमा बाँधेकी सललाई कम्मरमा कसिन् र देउकीको कपालमा अँठ्याइहालिन् । तिनीको मुख पनि चल्दै थियो । उनीहरू बालुवाको रासमाथि कुस्ती खेल्दै थिए । मचाहिँ रमिते बन्दै थिएँ । देउकी र गमला पालैसँग एकार्काका घोडा बन्दै थिए ।

देउकीको मुखको एक कुनाबाट रगत बग्न थाल्यो । चुरा फुटेर नारीमा पनि घाउ लाग्यो । गमलाको चाहिँ कानको लोतीबाट रगत बग्दै थियो । अब मैले आपूmलाई उक्त दृश्यको फेमबाहिर राखिरहन सकिनँ र कुदेर गई हप्काउन थालेँ— ‘ल ल ! के गरेको यो ! झगडा नगर बहिनीहरू । शान्त…शान्त…।’

उनीहरू ज¥याकजुरूक उठेर लुगा मिलाउँदै बालुवा टकटक्याउन थाले । मैले तर्साए भैmँ गरेँ— ‘मेरो अङ्कललाई भनेर कामबाट हटाइदिऊँ दुवैलाई ?’

देउकीले साह्रै पीर गर्दै बिन्ती बिसाइन् तर गमला डराइनन् । तिनीले ठेकेदारको धाक लगाइन् । मैले पनि थाहा पाएँ । ठेकेदार गमलाको नयाँ लोग्ने रहेछन् !

मैले गफ दिएँ— ‘म त फिल्मको कथा लेख्ने मान्छे हुँ नि ।’

‘जुँगा चल्यो, कुरा बुझियो !’ गमलाले चल्तीको टुक्का भन्दै टिमुर्किएको शैलीमा भनिन्— ‘मेरो कथामा फिलिम बनाएर तपैँ पैसो कुम्ल्याउनी । मचाइँ निधारमा नाम्लोको डाम बसाएर बालुवाको भारी खेपेको खेप्यै ? भो ! पर्दैन ।’

मैले देउकीतिर नजर घुमाएँ । तिनीले मेरो मनोभाव बुझिहालिन् । तिनीको परिवारमा दुइटा स—साना भाइहरू र आमा रहिछन् । आमा सधैँकी रोगीपिण्डे । काल पर्खिराखेकी थिइन् ।

‘ऊः ठेक्दार साप पनि आइपुगे !’ गमलाले खुसी प्रकट गर्दै देखाइन् । मलाई पो फसाद प¥यो । मैले त्यहाँ बसिरहन उपयुक्त ठानिनँ र अघिकै ठाउँतिर लुक्न गएँ ।

ठेकदारले एक्कासि हकारेको सुनेँ— ‘हैन, यो बालुवा त घटेकै देख्दिनँ ! सुतेर बस्यौ कि के हो हँ तिमीहरू ? हँ देउकी ?’

देउकी केही नबोली बालुवा बोकेर माथ्लो तलातिर गइहालिन् । गमला र ठेकेदारको हाँसो बेसरी छचल्कियो । देउकी बालुवा खन्याएर आइपुगिन् । तिनीले आफ्नो हिसाब मागिन् । पैसा चुक्ता गरिदिए भोलिदेखि बालुवा बोक्न नआउने रे ।

गमलाले हाकाहाकी भनिदिइन्— ‘मलाई कान्छी बनाएको यही बालुवा बोकाउनलाई हो ? भारी नै बोकेर र कष्ठै सहेर ज्यान पाल्नुपर्छ भने तिमीसँग किन बस्ने म ?’

‘देउकीलाई रिस उठ्यो र व्यङ्ग्यको झटारोले हानिन्— ‘ठेक्दार साप ! दुइटामा एक चीज रोज्नोस् तपैँ । कि आफ्नी कान्छीलाई घरको झ्यालमा राखेर पाल्नोस् । कि भने भारी खेप्न लगाउनोस् ।’

‘तँ को होस् मलाई पाठ पढाउने हँ ?’ ठेकेदारले बेसमारी झपारे । त्यसमाथि गमलाले पनि अपशब्दहरू प्रयोग गर्दै गाली गरिन् । म धेरै कुराहरू सुन्न चाहन्थेँ तर शरीरले अस्थायी चर्पीेको माग गरिदियो ।
बल्ल बल्ल फेला परेको चर्पी त पिनास भगाउने खालको रहेछ । उँहूँ…! कस्तो कडा हरक आएको । कस्तो कष्ठ ! चर्पीमा जाँदा रोकिन्थ्यो । फर्केर आउँदा फेरि दुःख दिन्थ्यो । काम त तमाम गरेरै फर्किएँ तर उनीहरू त गायव भइसकेछन् !

मैले आपैmलाई लोप्पा ख्वाएँ— ‘इस् लेखिस्् बाँकी कथा !’

मैले पढेको थिएँ— ‘केही पाउनु छ भने केही गुमाउनु त अवश्य पर्छ ।’ फेरि ‘तँ चिता, म पु¥याउँछु’ पनि भनेका रहेछन् अज्ञात ईश्वरले । सायद यही नै प्रकृतिको नियम हो । म दिनको चालीस किलोमिटरको बाटोमा आतेजाते गरिरहेँ । एक हप्तै धाएँ तैपनि सफल भइनँ ।

एक दिन मलाई मलाम जानु परेको थियो । पाशुपत क्षेत्रभित्र पानी र चिया बेच्ने घुमन्ते व्यापारीहरू देखिन्थे । मैले महिलाहरूको भीडमा देउकी र गमलाका अनुहार खोज्न थालेँ ।

‘ल खानोस् हजुर तातो तातो चिया ।’ एक महिला कराउँदै आइन् । मैले ठट्टा गर्दै चिया मागेँ— ‘चिया त पिउने पो हो, खाने त बिस्कुट हो नि देउकी बहिनी । खै त मलाई पनि एक कप चिया पाऊँ न ।’

तिनीले पनि ठट्टै मिसाएर जवाफ दिइन्— ‘पिउने त पिउने नै हो नि लेखक महोदय ! पानी पनि पिउने नै हो । जुस पनि पिउने नै हो । अनि रक्सी पनि…!’ कत्ति वाचाल नारी !

मलामीहरू चिया पिइरहेका थिए । गन्ध आयो भन्न हुन्न किनकि सबैको मर्ने चोला हो । देउकी घुम्दै र चिया बेच्दै गरिरहेकी थिइन् । मैले जिज्ञासा राखेँ— ‘भवन निर्माणको काम छाडिदिएको अब ? गमला कता छिन् नि देउकी ?’

‘जागीर खानेसँग इन्टरभिउ लिए भैmँ प्रश्न किन सोधेको मलाई ?’ देउकीलाई झर्को लाग्यो ।

जाडो बढ्दै थियो । त्यही भएर चिया थप्दै अलमल्याउने चेष्ठा गरेँ । मैले एउटा हात्तीछापे नोट हातमा राखिदिएँ र सबै चिया बुक गरेँ । चियाको तलतल मेटाउनेहरूको भीड लाग्दै थियो ।

देउकीले मलाई प्रश्नसूचक आँखाले हेरिन् । मैले आँखाकै इशाराले चिया दिन अनुमति दिएँ । पैसा पनि उ
तिनीलाई नै दिएँ । देउकीलाई डेरामा जान हतार भैसकेको थियो । मैले फेरि गमलाको नाम लिएँ । देउकीले आगो ओकलिन् । एक तिक्त वाक्य उच्चारण पनि गरिन्— नाठे आइमाई !

तिनीले रुष्ठ भएर भनिन्— ‘तपैँले एक दिन त्यो नाठेलाई जेलमा भेट्नुहुन्छ ।’

म चकित परेँ— ‘किन नि जेलमा ?’

‘तीन ठाउँमा पोइला गइसकेकी आइमाईले बस्ने ठाउँ जेलै त हुन्छ नि !’ देउकी रूष्ठ थिइन् । कथाको बाँकी अंश लेख्ने लालसाले म देउकीलाई पछ्याइरहेको थिएँ । देउकी आफ्नो रामकहानी बताइरहेकी थिइन्— ‘मेरा बा जाँडले सिद्देका हुन् । केही वर्ष अघिसम्म म एक जना धनाद्दे मान्छेको घरमा नोकरी गर्थेँ ।’

म जिज्ञासु बन्दै थिएँ— ‘अँ, अनि अनि ?’

हामी चाबेल गणेशस्थानको सत्तलमा पुग्यौँ र बस्यौँ । देउकीले कथाको बाँकी अंश त्यहीँ पूरा गरिदिइन् । रातको खानापछि मैले आफ्नो कोठामा बसेर ल्यापटपमा टाइप गर्न थालेँ ।

देउकी काम गर्ने घरकी मालिकनीको नाम पम्फा थियो । तिनीको विचार आपराधिक मानसिकताले भरिएको थियो ! दुईचार लबेटा दिँदा घरेलु हिंसा नमान्ने रहिछन् । मालिकचाहिँ स्त्रीलम्पट थिए तैपनि उनलाई टोलमा प्रोफेसर आचार्य भनेर सम्मान गर्दथे ।

एक पटकको कुरा हो । देउकी भाँडा माझ्न लागेकी थिइन् । आचार्य सरले मायालु भावमा ‘नानी, यो लुगा लगाई हेर त, कस्तो लाग्छ’ भनेर फकाउन थाले ।

तिनी डराउँदै ‘हजुरले दिएर हुन्छ र, नाइँ मालिक साप’ भनेर टार्न खोजिन् । बूढा रन्किए र ‘मैले भनेको मानिनस् भने मालिकनी आएपछि भाँडासमेत माझ्न लगाई भनेर पिटाउँछु’ भनीकन तर्साए ।

बूढाले देउकीलाई सिनेमा हेराउन लगेका थिए । देउकीलाई एक प्रकारको सकसकाहटले भित्रभित्रै खाइरहेको थियो ।

सिनेमा चालू भएको केही बेरमै देउकी निदाइन् । आचार्य सरले देउकीको हातमा आफ्नो हात खप्ट्याए । तिनी झस्केर ब्यूँझिइन् । मालिकले कानैमा मुख लगेर मसिनो स्वरमा ‘किन निदाएकी ? अघि कत्ति राम्रो सिन आएको थियो’ भने ।

अति भएपछि वरपरका दर्शकहरू हाँस्न थाले । देउकीका मालिकले बाँकी फिल्म हापिदिए । देउकीलाई घर ल्याए । अचम्म ! ताला तोडिएको थियो । बूढाले एक गिलास जुस लिएर ‘खबरै नगरी आइछ्यौ तिमी त ! ताल्चा फोर्नैपर्ने जरूरी थियो र’ भनी चाकरी गर्न खाजे र गिलास टेबलमा राखे ।

पत्नीले ‘नफोरेर के गर्ने त ? बाहिरै बस्ने म ?’ भनेर कडा सवाल गरिन् । देउकीसँग डुल्न गएकोमा तिनी पतिसँग रिसाइन् । बूढा थररर भए । देउकीचाहिँ डरले कतै हराइरहेकी थिइन् ।

देउकीलाई देख्नासाथ ‘तँलाई नकच्चरी ! कसलाई सोधेर लिइस् तैँले मेरो यो लुगा ?’ भनेर दुई—झापड लगाइहालिन् । घरको पिल्लरमा पाता कसेर कम्मरपेटीले पिट्दै ‘मालिकले तेरा गालामा म्वाइँ खाए कि खाएनन्’ भनेर छाडा छाडा कुराहरू सोधिन् ।

बुढियाले शङ्का गर्दै एउटा झोला नियन्त्रणमा लिइन् । झोलामा त देउकीका लागि ल्याइदिएका अन्तरवस्त्रहरू, श्रृङ्गारका प्रसाधन चुराधागो, क्रिमपाउडर आदि सामग्रीहरू रहेछन् !

‘यो नखरमाउलीलाई कान्छी बनाउने सुर कसेको तिमीले ? हेर हेर भूतपूर्व प्रोफेसरको बुद्घि !’ भनेर आरोप लगाइन् । बूढाले स्वीकारेनन् र ‘हा..! के पाप कुरा बोलेकी त्यस्तो’ भन्दै नाटक गरे ।

बूढीको रिसको आवेग रोकिएन । प्रहरीलाई बोलाएर देउकीलाई थुनाइदिइन् । आरोपित गरिन्, ‘सुनपैसा चोरेर भाग्दै थिई’ भनेर ! छिमेकी सुव्रत डिसी मानवाधिकारवादी थिए । प्रहरी नायब उपरीक्षक दलबलसहित सुव्रतसँग प्रोफेसरको घरमा पुगे ।

प्रहरीहरूले आचार्य सरका बूढाबूढीलाई थानामा पु¥याए । पम्फा मेडमले माफी मागिन् । सुव्रतले बूढाको पनि पोल खोलिदिए । देउकीले आड पाइन् र बूढाको मुखैमा थुकेर रिस मारिन् । ती बूढाबूढीलाई हर्जाना रकम तिराएर कागज गराई थानाबाट छाडियो ।

समाजसामु उनीहरूको घोर बेइज्जत भयो । मानिसहरूले उनको घरतिर हेर्दै थुके । दिनहँु त्यो क्रम चलिरह्यो । त्यो घरबाट निस्केपछि देउकीले कसैको घरमा पनि गृह—श्रमिकको रूपमा काम गरिनन् ।

लामो सुस्केरा फाल्दै देउकीले आफ्नो लक्ष्यको बारेमा बताइन्— ‘यो चिया बेचेर मात्र निर्वाह हुँदैन । केही रकम कलेक्सन भएपछि एउटा ठेलागाडा किन्छु अनि चटपटे र पानीपुरी पनि बेच्न सुरू गर्छु ।’

तिनीले मलाई गमलाको बारेमा केही थप कुरा बताइदिइन् । कथा रोचक र घोचक थियो । तिनी धनी परिवारकी छोरी भैकन पनि दुःख भोगिरहेकी थिइन् ।

करिब एक—डेढ महिनासम्म मेरो कथा अलपत्रिरहेको थियो । म युटुबतिर पनि कथाका कच्चा पदार्थहरू खोजिरहेको थिएँ । गमला फेरि जोडिन आइपुगिन् ।

एक दिन म जेलको महिला सेलमा पुगेँ । गमलाले कटाक्ष गरिहालिन्— ‘देउकीले ह्याँ पनि पठाइछ हैन फिलिमकार महाशय !? म मरिगए पनि मेरो कथा बताउँदिनँ केरे ।’

मैले भनेँ— ‘किन बताउनु प¥यो, जब मेरै आँखासामु तिम्रा करतुत पर्दाफास भएका छन् भने ? तिम्रो कान्छो लोग्ने त अहिलेसम्म फरार रहेछ !’ गमलाका आँखाबाट आगोको लप्का निस्किरहे भैmँ लाग्दथ्यो । मैले गमलाको रामकहानी गमलालाई नै सुनाउन थालेँ ।

तिनी स्कुल पढ्दा पढ्दै बसको चालकसँग भागेकी थिइन् । चालकसँग बढीमा सात महिना बिताइन् । सन्तान नभएपछि सुनपैसा चोरेर भागिन् ।

त्यसपछि गमलाको भेट भयो, बखतमान गन्दर्भसँग । ती केटा कोरियन भाषा पढ्दै थिए । गमलाले मन पराइन् र चिनजान भएको तेस्रो हप्तामै बिहे गरिन् अनि एउटा छोरा जन्माइन् ।

छोराको पहिलो जन्मोत्सवसँगै बखतमानको भीसा लाग्यो र कोरिया गए । गमला परिवारबाट छुट्टिएर डेरामा बस्न थालिन् । कोरियाबाट लोग्नेले पठाएको पैसा उडाउन थालिन् ।

लोग्नेले आम्दानीको स्रोतमा बाँध लगाइदिए । त्यसपछि गमला र घर बनाउने ठेकेदारबीच ट्यान्ट्यारम्यान्टार भएछ…!

मैले जेलको बारबाहिरबाट भनेँ— ‘तिमीलाई त नाबालक छोराको श्राप लागेको हो गमला ! सामाजिक सन्जालभरि गालीको वर्षा भएको रहेछ । ठेकेदार र तिमी त युटुबमा भाइरल भएछौ ! बेइज्जती नारी ! नाबालक छोरा छाडेर किन ठेकेदारसँग गयौ ?’

‘माया लायो अनि गैदेँ ! तिम्लाई बाल मतलब ?!’ गमलाको तुजुक अभैm घटेको थिएन । अब मैले के बोल्नु ? फरक्क फर्केर बाटो तताएँ ।

म नयाँ धरहराको बाटो हिँडिरहेको थिएँ । अलिक पर ठेलागाडामा घुम्ती बेपार गरिरहेकी एक महिलातर मेरो नजर पर्न गयो । नजीक गएँ । जे सोचेको थिएँ, त्यही देखेँ ।

देउकीले ठेलागाडामा तरकारी, चाउचाउ, चुरोट, सूर्ती, पानीपुरी, चटपटेलगायत अन्य खित्रिङमित्रिङ वस्तुहरूको व्यापार गर्न थालेकी रहिछन् । त्यहाँ चार—पाँच जना केटाकेटीहरू पानीपुरी खाँदै थिए ।

मलाई देख्नासाथ गमलाले व्यापारिक मुस्कान छर्दै सोधिन्— ‘लेखक महोदय ! पूरा गर्नु भो त नयाँ फिलिमको कथा ? अनि जानु भो त जेलमा ? गमला त भाइरल भाकी रैछे नि !’

म उत्तर दिनलाई मुख आँ गर्न लागेको मात्र थिएँ । पानीपुरी खानेहरू एक्कासि कराए— ‘ए भाग भाग ! महानगरका प्रहरीहरू आए !’

उनीहरू पैसा नतिरी कुलेलम ठोके । देउकीले मसँग गुहार मागिन् । महानगरपालिकाले त्यहाँ घुम्ती व्यापार गरिरहेकाहरूलाई धरपकड गरिरहेका थिए । पसलेहरू प्रतिवाद गर्दै थिए । वरिपरिका बटुवाहरू चाहिँ तमासे बनिरहेका थिए ।

देउकी र मैले उनको ठेलागाडालाई हत्त न पत्त एउटा साँघुरो गल्लीभित्र कुदाइहाल्यौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button