आमा बन्ने रहर
कल्याणी तिमल्सिना
बिनिता ६ वर्षको उमेरमा बाल्यकालका दौतरीहरूसॅंग खेल्दै गर्दा उनको बुबालाई कालले लुछी लग्यो । उनको बुबाको समाप्तिसॅंगै उनका लगभग सबैसबै सपनाहरूको पनि अन्त्य भएको छ । ३२ वर्षको उकालीमा असिनपसिन हिड्दै गरेकी उनकी आमा पतिको मरन पछि वर्षदिन पनि नबित्तै एउटा अलि धनी मान्छेसॅंग पोइला गइन् । आमाले बिनितालाई बिस्तारै आफुबाट अलग गराइन किन कि सॅंगै राख्नसक्ने अवश्था पोइल जानासाथ च्यातिइसकेको थियो । तर पनि सायद आमालाई मनमा दुःख पुगेको थियो नै, दुःख मनका कुन्तरमा सदैंका लागी पिडाका घाउमा समेटेर खुम्चिन वाध्य थिइन् ।
झण्डै झण्डै बिनीता १० वर्षको नजिकनजिक पुगेकी बेला आमाले उनकी ठुलीआमा र सानीमाको जिम्मामा सुम्पिएर आफु बिनिताबाट टाढा भएकी थिइन । ठुलीआमा र सानीमाको एउटै परिवारका दुई दाजुभाईसंग बिबाह भएको थियो । एउटै परिवारका दुईवटा घर आगन जोडिएको थियो । उनीहरू दुबैको संरक्षणमा आमाले छोडेकी थिईन । बिनिताको जिन्दगी कसैको गलपासो पन्छियो कसैको गलपासो भएर उभियो । १० वर्षे बिनिता माया, खाना, नाना, आश्रय र शिक्षा अनि प्रगतिको अवोध खोज र आशामा ठुलीआमा र सानीमाका काखमा पछारिन पुगिन । उनीहरूले कृपा त गरे, आश्रय त दिए तर आफ्नो सन्तान र बिनितामा समान बन्न ह्रदयबाटै स्वीकार गर्न सकेनन् । बिनिता दुबैका घरमा लगभग कमलरीको दर्जामा उपस्थित छिन । भाडा माज्ने, लुगा धुने, बिस्कुन सुकाउने, कुट्ने, पिन्ने, गाईभैंसीको भकरा सोहर्ने, घांस काट्ने, पानीपदेरो जस्ता काम सकेर उ सरकारी स्कूल पठाइन्थी । स्कूल पढाएको डंका पिट्न ती ठुलीआमा र सानीमालाई अवसर भयो नै । तर अन्तर्य कथा अर्कै थियो । उनीहरू आफ्ना छोरा छोरी बोर्डिङमा पढाइरहेका थिए । बाबु टोकेकी देखी नानाथरी खप्की सहेर अराएका जति घरको सम्पूर्ण काम सकेर स्कुल जान्थी बिनीता १ भाइबहिनीलाई बोर्डिङ स्कुल गएको देख्दा र आफु जान नपाउॅंदा उनको अमिल्सिएको मन निबुवा निचोरेर छाडेको बांकी छोक्रा जस्तै भएको उनको मनमा लहड चल्थ्यो । अनि त्यो भत्कदै गरेको अमिलो मन सँगै आँखाभरी जललहरको बाडी बोकेर बिनिता हातमा किताब कपि बोकेर स्कुल जान्थी । उनलाई किताप कपि हालेर बोक्ने झोला पनि थिएन किन कि बिनिता आफ्नी छोरी थिईन । साथीहरूले झोला छैन तेरो भनेर सोधेका वेला उसले सहज भनेकी थिई कि “मेरो बुबा भएको भए म यहां आउनु पर्दैन थियो र नोकर नभएर म खुसीसँग खुसीले बस्थें, बेर्डिड्॰मा नै पढ्थें, डाक्टर बनेर सबैको सेवा गर्ने रहर मर्दैछ म भित्र बुझ्यौ” भन्थी ।
समय दौडीरहेकै छ । बिनिता घरको काम सकेर स्कुल जान्थी नै । जेनतेन उ कक्षा दशमा अध्ययन गर्दै छे । प्रकृतिको पयोमा हुर्किदै उ तरुनी भएर आएकी छ । उ यतिवेला जिन्दगीको सपना डुब्दै आगतको परिकल्पना बुन्छे । बिनीताको दिमागमा सपना यसरी सल्बलाउॅंदै छ( “अब मेरो पनि बिहे हुन्छ । अनि सायद मेलै पनि आफूले चाहेको जस्तो परिवार पाउँछु । अनि साथमा आजसम्मका दुःखलाई चटक्कै छाडेर खुसीसँग जीवन बिताउँछु । सुयोग्य र मनका कुरा बुझ्ने सह्रदयी श्रीमान र तिनके अॅंगालोबाट जन्मिएका प्यारा छोराछोरीको मायाको संगममा आनन्दै आनन्दले म रमाएको क्षणहरू मेरा लागी अपूर्ब हुनेछन्” भन्ने मनका गलक्षडाहरूबाट पनि परपरसम्म छचल्लकिएको रोमान्चक आवेग र उत्त्जना सहित कौतुहलता बोकेर दिनलाई आउजाउ गराइरहेकी थिई ।
यसैवेला, भाग्यले भनौ वा समयले ठगिएकी चेली बिनिताको उनकी ठुलीआमाले बिहे पक्का गरिदिइन । बिनितालाई सोधनी त के कुरा पुछनी पनि भएन । सोह्र वर्षको मात्र भएकी बिनिताको उता एस एल सी दिने समय भएको छ । यता बिनिता भन्दा छयालीस वर्षे बुढो अर्थात उ भन्दा तीस वर्ष जेठो मानिससॅंग बिबाह पक्का गरिएको छ । उ गाउॅंमा रुखो, दुष्ट र किच्चडको रूपमा परिचित छ अर्थात, मानवता हराएको मान्छेका रूपमा सबैले जानेका छन । त्यस्तोको हातमा जिम्मा लगाउन ठिक पारेका छन् । सबै सबैलाई थाहा छ, जगजाहेर छ( त्यो मान्छे गलत छ, हराम छ, पिराह छ १ तर पनि उसको सम्मुखमा त गलत मान्छे हो भन्ने हिम्मत कसैको छैन । यतिसम्म कि जसका छोरी बुहारी छन् उनहरूको त झन बोल्ती वन्द छ । किन कि भोली उसले के भनिदिने हो जसका कारण शिर ठाडो पार्न नसकिने अवस्था हुने सबैलाई थाहा छ । त्यो मान्छे पापको पराकाष्ट थियो । उसॅंग धन छ । अनि समाजलाई मुट्ठीमा बांधेको छ । यति थाहा पाएकी बिचरा बिनीता हुन्न सम्म भन्न सक्ने परिवेसमा छैन । उ स्वतन्त्र छैन । उ कैदमा १० वर्षबाट छ । त्यो बापतीको पहिलो श्रीमती ज्यामी काम गर्ने सॅंग पोईल गएकी थिइन । आफ्नो छवी श्रीमतीमा पनि सरेको भन्ने हल्ला गाउॅंलेले कुरा काटिरहेका छन् । बिनीताको बिहेमा खर्च गर्ने कस्ले १ तसर्थ, उनको बिहे टिकाटालामा सम्पन्न भयो । बिनिताले बुढोगृह प्रवेश गरिन । गृहप्रवेससॅंगै बिनीताले आफु भन्दा दुई वर्ष र चार वर्ष कान्छा दुईवटा छोराहरू उपहार पाई । बिनिताले देखेको आफ्नो सपनाको यो कुरूप बुढो बिहेबाट क्षतबिक्षत भयो ।
बिनिताका रहरहरू माथि बज्रपात भयो । झन कष्टका दिन हरूले उसलाई घेरेर आए । अत्यास लाग्दो दिनहरू कसरी काटेकी होला उसले १ अनुमानसम्म गर्न जो कसैका मनका आवेगहरू उर्लन्छन् । दैवदशा सबैसबै लागेकै छ उसलाई । त्समाथि फेरि अर्को महासंकट आइलाग्यो । जो पातकीसॅंग बिहे गरी पठाइदिएका छन उसले पहिला नै बन्याकरण गरेको रहेछ । अब बिनिता कहिलै आमा बन्न पाउने छैन १ हे दैव १ बिनिताको भागमा अलिकति पनि खुशी लेखिएको थिएन रु तिमी तथाकथित देवता पनि पक्षपाति न रहेछौ १रु यसरी बिनिताको महान सपनाको जायजन्म तुहिन पुग्यो अर्थात एकप्रकारले सपनाको भ्रुणहत्या भयो । बिचरीको छोराछोरीको माया पाउने र श्रीमानको सम्मान पाउने सपनाले फेरि लाठी कसेर अन्षमनमा बजार्यो ।
बिनिता आमा त सम्येगले भएकी छ । आमा भनेर बोलाउॅंछन पनि तर उसले त्यो ममता जो गर्भबाट आउॅंथ्यो त्यस्तै मर्मस्पर्सी पाउन सक्छे र जीवनमा ?
जिन्दगीले वेकसुर यत्तिकै चोट माथि चोट दिएर हिडिदियो । सायद उसको बुबा जिउॅंदो भएको भए जिन्दगीले यसरी लुगा खोलाको पानीमा डुबाएर ढुड्॰गामा पछारे झै पछार्ने पक्कै थिएन १
पापिष्ट आमा, ठुलीआमा र सानीमाहरूलाई यो कुरा भलिभांती पहिलै थाहा भएर पनि त्यही कुकर्मीसॅंग बिहे गरिदिए । उनीहरूलाई बिनिताको बिक्षिप्त मनले सदा श्राप गरिरह्यो । चन्द पैसाबाट प्राप्त हुने भौतिक सुखले जिन्दगीलाई कदाचित पुग्दैन । जिन्दगी प्रकृति हो । प्रकृति भएर मात्र रम्न रमाउन अनि हुर्कन फुल्न फल्न र आफुलाई बिस्तार गर्न सक्छ । अनि नयां लहरो झाड्॰गीदै झाड्॰गीदै जान्छ र त नयां संसार जिवित रहन्छ ।
तर यी सबैको प्रकृतिका बाटाहरूबाट रेकिन पुगेकी बिनिता खान्छे मनका सपना र पिउॅंछे आंसुका थोपाहरू १ उसलाई सुख र आनन्द सदाका लागी मेटिएका छन । उज्यालो र अन्धेरो बराबर भएर कहाली लाग्दो जिन्दगी बांच्न सकस सकस पौन फेर्न वाध्य छ उ १ कलिलो कलकलाउॅंदो उमेर, प्रकृति, जिन्दगी बाबाको मृत्युको तत्क्षण नै समाप्त भएको बोध पाएर बिनिता मृत्युको सिघ्र आगमनलाई पुकार गरिरहेकी छ ! पुकार त्यो को हो उस्ले न सुन्यो पहिले ! न अहिले सुन्ला ! यी कपटी रगतका नातेदारहरूबाट बिद्रोह गर्न बिनिताको मनमा फेरि उमेर मिल्दो केटासॅंग गरेरै छाड्छु भन्ने अठोट पलाएको कुरा गाउॅंमा कुरा काट्न थालिएको छ ।
बरु यो सुखद दिन बिनिताको जिन्दगीले धेरै नपर्खी ब्यहोरेर अगाडी जान बिनिताले निर्णय सार्वजनिक गरेकी केही दिनमा नै उभन्दा दुईवर्ष मात्र जेठो सुजनसंग मन्दीरमा सिन्दुर ग्रहण गरेकी छ ।
वधाई छ र सुखद जिन्दगीको शुभेक्षा छ बिनिता तिमीलाई । धनको पछि पछि लाग्नेलाई तिमीले दिएको मुक्कालाई सलाम छ ! यो धनको आडमा भग खरिद गर्नेहरूका बिरुद्ध बिद्रोह हो, बेच्नेहरूका बिरुद्ध पनि सबक हो ती सबैले बुझुन र सिकुन बिनिताबाट ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)