
सर्जकलाई स्वास्थ्य वा उमेर बाधक हुनसक्दैन भन्ने प्रमाण हो राप्रउकृत ‘मन्दोदरीदेखि मार्क्ससम्म’
अरविन्द रिमाल
“धरतीबाट आवाज प्रतिध्वनित भएकाे थियाे”, आन्द्रई ग्राेमिकाे- अेनरी किसिञ्जर संवाद।
अथक सर्जक मित्र राप्रउ पाेखरेलकृत उनकै शब्दमा “समाज, सँस्कृति र साहित्यविमर्श”बारेकाे “मन्दाेदरीदेखि मार्क्ससम्म”का लेख सङ्ग्रह भनिए पनि ग्रन्थ नै हिजाे हामी दुवै साझा मित्र मधु बीसीकाे साैजन्यबाट आफ्नै घरमा प्राप्त भएकाेमा आनन्दका यी शब्द व्यक्त नगरिरहन सक्दिन! कृतिकाे गम्भीरता त शीर्षकबाट नै स्वत: प्रकट हुन्छ।
राप्रउलाई सबभन्दा पहिला त यस ग्रन्थकाे प्रकाशनका लागि गहन साधुवाद अर्पण गर्दै यस स्नेहपूर्ण उपहारका लागि आभार व्यक्त गर्न चाहन्छु। उनकाे यस कृति सर्जकका लागि स्वास्थ्य वा उमेर कुनैकतै बाधक हुनसक्दैन भन्ने सत्यतथ्यकाे ठाेस प्रमाण हाे ।
कृतिकाे “पूर्वकथन”मा लेखकले जसरी सङ्ग्रहकाे परिचय प्रस्तुत गरेका छन्, त्याे आफैँमा राेचक मात्र हाेइन, बडाे प्रभावकारी पनि छ। यसमा सम्मलित धेरैजसाे लेखहरू म आफँले विभिन्न कालखण्डमा विभिन्न प्रकाशनमार्फत पढ्ने ओैसर पाएकाे हुँ। तर आज यसरी सङ्ग्रहितरूपमा पाउँदा यसकाे रसास्वादनमा अझ अर्कै तृप्ति भइरहेकाे छ।
आफ्नाे स्वास्थ्य र आँखाकाे क्षमतालाई ध्यानमा राख्दै ग्रन्थ स्वाद लिईलिई पढिसक्न कतिसमय लाग्ला भन्नेमा नगई पुस्तककाे आखिरीमा प्रस्तुति अन्तर्वार्ता खण्डमा बीसाैँ शताब्दीका दुई अग्ला कुटनीतिज्ञ पूर्व साेभियत विदेशमन्त्री तथा राष्ट्रिपति आन्द्रेइ ग्राेमिकाे तथा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरका बीचकाे सम्वादप्रति आकर्षित भएकाे पनि उल्लेख नगरिरहन सक्दिँन! मास्काे क्रमलिनमा सन् १९८९ काे १७ जनवरीका दिन भएकाे अङ्ग्रेजी भाषाकाे उक्त सम्वाद आफूले अङ्ग्रेजीकाे कुनै प्रकाशनमा निकै वर्ष अघि रूचिपूर्वक पढेकाे सम्झना गर्दै त्यसकाे नेपाली रूपान्तर पढ्दै जाँदाशरीरका राैँ ठाडा भए– सुदूर दृष्टियुक्त बाैद्धिकतापूर्ण राजनीतिज्ञताकाे कारणले गर्दा राेमाञ्चक मात्र हाेइन, साच्चै वर्तमान समय सापेक्ष भएकाेले गर्दा पनि !
सत्तामा नरहे पनि बेलायती राज्य प्रतिष्ठानका एक प्रभावशाली राजनृता रहेका विन्स्टन चर्चिलले अमेरिकी शहर फुल्टनमा साेभियत रूससित “शीतयुद्ध” घाेषणा गरेकाे दुईवर्षपछि सन् १९४८ मा स्तालिनकाे निर्णयले ल्याएकाे बर्लिन नाकाबन्दी काण्डलाई कसरी स्वयं स्तालिनले र तात्कालीन अमेरिकी राष्ट्रपति ट्रुमनले बुद्धिमत्तापूर्ण ढङ्गले सुल्झाएकाेदेखि सन् १९६२ काे क्यूबाली क्षेप्यास्त्र तैनातकाण्ड, भ्लादीभाेस्ताेक शिखर, हेलसिन्स्की शिखर सम्मेलनहरूमा कस्ताकस्ता जटिल समस्या सुल्झाइएका संस्मरणहरूले इतिहासका विद्यार्थीलाई कस्ताे आनन्दित तुल्याउँछ, के भन्ने!
आजकाे अमेरिकी नेतृत्व कति समझदारीरहित, कति युद्धाेन्मादी भई उक्राइन युद्धमा हाैँसिरहेकाे देख्दा र यसबाट विश्व विनाशकारी नाभिकीय युद्धसम्म हुनसक्ने खतरा आइपरकाे देख्दा कत्ति दु:ख लाग्छ, त्याे पनि के भन्ने, कसरी बताउने?
उक्त संवादलाई लेखकले यति कुशलताका साथ नेपाली रूपान्तरणमा न्याय गरेका छन् कि ती दुई विश्व राजनीतिज्ञहरूकाे संवाद नेपालीमा नै भएकाे लाग्छ, साच्चै !
यस पठनयाेग्य पुस्तक परिचयलाई यतिमै टुङ्ग्याउनुअघि लेखकका केही अभिव्यक्ति उद्धृत गर्नु उपयुक्त हुनेछ: “समग्रमा, यस कृतिमा समेटिएका लेखहरू अलगअलग विषयमा लेखिएका भए पनि समयसापेक्षविषय भएकाले एक अर्काेसित प्रत्यक्ष र प्रच्छन्न रूपमा उनिएका छन्, धेरै प्रकारमा फूलहरू मिलाएर उनेकाे मालाजस्ताे। थप विस्तार त पुस्तकले नै दिनेछ। सङ्ग्रहमा समेटिऐमा लेखहरूमा विषयलाई हेर्ने काेण र विवेचनामा केही फरक बाटाेबाट हिँड्ने प्रयास गरिएकाे हाे। सफल असफल जे छ, त्यसकाे विवेक गर्ने दायित्व विज्ञ पाठमा सुम्पिन्छु।”
अन्त्यमा, त्यही विवेककाे दायित्वअनुरूप एउटा बिझेकाे कुरा उठाउन चाहन्छु। “`सत्- असत्´ दर्शनमा केन्द्रित विषय हाे। वैदिकदर्शनका ६ वटा हाँगाका केही आधारभूत कुराहरु कार्ल मार्क्सकाे द्वन्द्ववादसित सामीप्य राख्छन्।” (द्रष्ट्रव्य,”पूर्वकथन”, पृष्ठ संख्या अङ्कित नभएकाे तेस्राे पाना)। कता हाे, धेरै वर्ष अघिका प्रस्थापनाहरूले धेरैपछिकाे कालखण्डमा “सामीप्य” राखेकाे भन्नु मिलेन कि? पछिकाेले अघिकाेलाई स्वीकारेकाे हुनुपर्ने हाेइन, र?
लेखक एवम् प्रकाशकलाई जय नेपालकाे अभिवादन।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)