गाउँमा यस्तो कहिल्यै भएको थिएन

कथाः सकस

सुमन घिसिङ
मण्डन देउपुर, काभ्रे

आज गाउँ नै शुन्य शुन्य छ । पहाड, पखेरा, बोटबिरुवा उदास उदास छन् मानौँ यहाँ शिशिर आएको छ । सधैं भुनभुन गर्दै घाममा निस्किने मौरी आज घारमै गुम्सिएको छन् । बनाउँदै गरेको घरलाई छोडी घर नजिकैको खम्बामा एक जोडी गौथली शान्त र निस्फिक्री देखिन्छ ।

नजिकैको वर र पिपलको बोटमा रोस्ती, रेजिता इत्यादि गरी ५ जनाले आत्मा दह गरेछन् । गाउँमा हल्लखल्ल मच्चियो । घटनाले कतिपय खुसी देखिन्थे भने कतिपय दुखी आकुलव्याकुल भएको थियो । हाम्रो बा, दाइभाइ बिगार्ने ती वेश्याहरु बल्ल मरे । भगवानले ती आईमाईहरुको पुकार सुने झैँ हातले फाल्नुपर्ने कसिङ्गर हावाले उडायो खुसीको सिमा थिएन । यस उपलक्ष्यमा कतिपयले त भोज गर्नेसम्म भनेका थिए ।

आज बस्तीमा नयाँ अनुहारहर देखिएका छन् । हिजोसम्म मान्छे नै नगन्नेहरु आत्तिएर फतफताउँदै उपस्थित भएका थिए, बच्चाहरुको पुलिस्को पोसाकले तर्सिएको छन् । एम्बुलेन्सको साइरनले गाउँमा छुट्टै त्रास फैलाएको छ । सहरमा दिनदिनै सुन्ने साइरनले त्यति अर्थ नराखे पनि गाउँ वर्षको एक चोटि सुने पनि मान्छेहरु नराम्रो महसुस गर्छन् डराउने गर्छन् । गाउँमा यस्तो कहिल्यै भएको थिएन । खाना नपाएर मर्नेको कथा, बलात्कारबाट मरेकाहरुको कथा, अल्कोहलबाट मरेकाहरुको कथा उनीहरुको समस्या लेख्ने कुनै पत्रकार, साहित्यकार जन्मेकै थिएन । त्यसैले उनीहरु विभिन्न वादहरुभन्दा अगाडिको अपहेलित वादी थिए ।

सबै गाउँलेहरु जम्मा भएका थिए । तिनीहरू सबै आफूखुसी मरेका हुन् । त्यसैले यिनीहरूको लागि अनुसन्धान आवश्यक छैन, सबैलाई नजिकैको नदीमा लगेर खरानी बनाइदेउ, सबै गाउँलेका आवाज एउटै थिए, उता प्रहरीहरु रहस्य खोजिरहेका थिए । आखिर एकै पटक ५ जनाले आत्माहत्या गरेको कि गराएको ? विषय जटिल बन्दै थियो । हिजोसम्म वादीलाई जनावर सम्झिनेहरु आज नदीमा लगेर पोलिदिन्छु भन्ने कुराले पनि अर्को शङ्का उब्जाएको थियो ।
पुलिसले पोस्टमार्टम लागि लासहरु अस्पताल पठाएपाछि गाउँमा द्वन्द्व सुरु भएको थियो । गाउँका समान्ती वर्गमा खतराको घण्टी बजेको थियो त्यसैले उनीहरु गाउँमा भएको सबै आईमाईहरु प्रयोग गरेर अनुसन्धान प्रभावित पार्न खोजिरहेको थियो । पोस्टमार्टम रिपोर्ट आयो । रिपोटमा सबैको शरीरमा निलडाम साथै यौन अङ्गहरु क्षतविक्षत जसले हत्या नै गरेको भन्ने पुष्टि गराएको थियो । लासलाई सनाखतका लागि प्रहरीले घाटमा पुर्यायो कोहि आएनन् प्रहरीले नै सनाखत गराए । हत्या कसले किन गर्यो भन्नेमा अनुसन्धान चल्दै थियो ।

गाउँमा द्वन्द्व चर्किदै थियो । सोधपुरको लागि प्रहरीहरु आउथ्यो, जान्थ्यो कसैले मुख खोल्दैन्थ्यो । पृथ्वीले नयाँ घाम पाए झैँ घटनाले नयाँ मोड लिने अवस्था थिएन । प्रशासन थाकिसकेको थिए । कसलाई शंका गर्ने ? कसलाई नगर्ने ? त्यसैगरी दिन बित्दै गयो दुई दिनपछि फेरि अर्को रात एक युवतीले आत्महत्या गरिन् । जसले त्यस गाउँलाई संकटतिर पुयाएको थियो । प्रहरी आए, लास हाँगा भाची भुइँमा खस्न नसको काठ जस्तै झुण्डिरहेको थियो । लास नजिकै कोही थिएन । हिजोआज त्यस ठाउँमा वादी मर्नु भनेको एक रुखको हाँगो भाँच्ने जस्तै सामान्य बनेको छ । प्रहरीले डोरी खोले र पोस्टमार्टमका लागि अस्पताल पुर्याए, प्रशासन पनि दिक्क भइसकेको थियो । चिसोले फुल्न नसकेको फूलको पर्याय बनेको छ वादी बस्ती ।

लास काट्नका लागि सबै वस्त्र खोल्दै गर्दा सबै जनाको होसहवास उडायो । जब पोस्टमार्टम लागि युवतीको कपडा खोल्दै गर्दा भित्री वस्त्रमा २५० भन्द बढीको एक पत्र फेला पर्यो । पत्रले गाउँलाई हल्लाइदियो ती कहिल्यै विद्यालय नटेक्नेले कसरी यस्तो लेख्ला यो षड्यन्त्र हो भनेर गाउँहरु फेरि अनुसन्धान बिथोल्ने तर्फ लागि परेका थिए भने प्रहरीलाई हत्यारा नजिक पुग्न सहयोग पुगिरहेको थियो । पत्रमा लेखिएको थियो, मेरो नाम सुजिना वादी, सबैले सुजी भनेर बोलाउँछन् । मेरो परिवारमा म र मेरी आमा हुनुहुन्छ । आजबाट म पृथ्वीबाट बिदा लिदैछु यसमा म निकै खुसी छु किनभने म जस्तो वेश्या बाँचेर यो पवित्र धर्तीलाई अशुद्ध बनाउन चाहदिनँ ।

यो वस्तीका प्रत्येक बच्चाहरु झैँ म पनि बाबुबिनाको छोरी थिएँ । मेरी आमा एक छाकको निम्ति लड्दै गर्दा देहव्यापार लागेर मेरो जन्म भएको थियो रे । जब म विस्तारै बुझ्दै गएँ, थाहा पाएँ यस बस्तीका कथाहरु जसले सबैलाई जिउँदै मार्छ । पहिला पहिला यहाँका आमाहरू देह व्यापार गर्ने नभई आफ्नै पौरखमा बाँच्थे । खोलामा गिट्टी कुट्ने जङ्गलबाट दाउरा ल्याउने बेच्ने गर्थे रे । वादी केटाहरु कामको खोजीमा भारत जाने उतै हराउने जस्ता कुराले गर्दा त्यस गाउँका महिलाहरु किशोरीहरुमा पापी नजर पर्न थाल्यो ।

सबै कुरा अछुत वादीहरु त्यस गाउँका केटाहरुको लागि वादीको शरीर अछुत बन्दैनथ्यो । बिस्तारै वादीलाई लोप देखाउँदै माया जालमा पार्दै शोषण गर्न थाले। जब तिनीहरु गर्भमा असुरक्षित सम्पर्कले बच्चा बस्ना थाल्यो । त्यसपछि काम पनि नपाइने समाजबाट तिरस्कृत हुँदै कोहि लोभले, रहरले, बाध्यताले त्यसैमा पुर्यायो । पहिला विवाहित महिला खोज्नेहरु बिस्तारै रक्सीको नसामा बालिकामाथि पनि लाग्न थाल्यो । केही पैसा दिन्थ्यो के गर्न सक्थे, विचारी आमाहरू त्यसैले आज यस गाउँका मान्छेलाई सामान्य लाग्छ यौन पेसा ।

कहिल्यै रक्सी चुरोट नखाने किशोरीलाई विस्तारै नसामा रनभुल्ला बनाएर उनीरुको अस्तित्व लुटने यहाँको संस्कार बनिसकेको थियो । विस्तारै गाउँमा अशान्ति फैलिन थाल्यो । गाउँको मात्र नभएर टाढाबाट पनि यसै उदेश्यका लागि तन्नेरीदेखि बुढासम्मका मानिसहरु यस ठाउँलाई गन्तव्य बनाएर आउन थाल्यो । केटाहरू विवाह गरेर जिम्मेवार बन्नुको साटो क्षणिक सन्तुष्टको लागि लाग्दा कयौं केटाहरु पारिवारिक जिम्मेवारबाट टाढिएका थिए । अविवाहित मात्र नभएर विवाहहितहरु आए पश्चात् त्यस वरपरका आइमाईहरु रुष्ट बन्दै आएका थिए ।

यसरी समय आफ्नै गतिमा चलिरहेको थियो । दीन बाजा बजाएर आउँदैन भने झैँ एक दिन त्यसै गरेर हुत्तिएर आयो । एक रात अनुमान १०० महिलासहित २० पुरुषहरू आएर सबथोक गरे । त्यस रात नै दिदीहरु मारिनुभयो। त्यसै रात मसँगै दर्जनौ कोपिलाहरु चुडियो, किश्वोरीको बलात्कार भयो, अस्तित्व मेटियो। मेरो छोरो बुढा बिगार्ने यही अंग होइन भन्दै अनेक गर्न थाल्यो । आइमाईहरुकै कर कापमा केटाहरु एउटैमाथि ३,४ जना लाग्न लागे । यिनी वेश्यालाई कति केटो चाहिने भन्दै पुरुषहरुलाई उस्काइरहेका थिए । बस्तीमा पीडाको चिच्याहट, रुख, घर, भित्ताले बाहेक सुनेन । सबैलाई कसैले सोध्न आएमा केही नबोल्नु नत्र सबैलाई कुनै दिन मार्नेछौँ भन्दै सबैको मुख बन्द गरेका थिए ।

जीवनमा जति आफ्नो आफू कमजोर हुँदै जान्छ त्यति नै आफ्नो माया लाग्दो रहेछ त्यसैले पीडामा बाँच्ने आशाले प्रहरी आउँदा केही बोलेनँ मैले पनि गाउँका कसैले पनि । सबै क्षतविक्षत भएको थिए । रगतले शृङ्गारिएका थिए दर्जनौं बिस्तराहरु। त्यसदिनको शारीरिक पीडा सहनेहरु दोस्रो दिनदेखि सबै थला परेका, कमजोरीले कोहि उठ्न नसक्ने, अंगप्रत्याङ्ग खपिनसक्ने गरी दुख्थ्यो । यदि आफूले केहि सहस गरेर यो कुरा लेखेर मरेँ जिउँदोले केही राहत महसुस होस् भन्ने लागेर एउटा बस्तीमा आउने एकलाई लेख्न लगाएँ नाम नभन्ने सर्तमा उसले लेख्न स्वीकार गरे जसानुसार मैँले यो गरेँ।

गाउँका सबै अपराधी हुन् भनेर पूर्णविराम लगाएको उक्त पत्रले प्रहरीको मथिङ्गल हल्लायो र अपराधी सामु पुग्न सजिलो गरायो । प्रहरीले सोधपुछको लागि गाउँले सबैलाई डाक्यो कोहि भाग्न नपाओस् भनेर सिमानामा पहिले नै प्रहरी तैनाथ गरे । बस्तीका सबै महिलाको उदार गरेर अन्तै सारियो ।

गाउँ सबैलाई अदालत पुर्यायो सबैले आफ्नो बयान दियो । बयानले सबै दोषी देखियो । सुन्नेहरु भन्दै थिए । फलाम काट्न फलाले, फलामले नै नराम्रो भूमिका खेल्छन् त्यसैगरी महिलाका कारण महिला नै बदनाम हुन्छिन् अस्तित्व गुमाउँछिन् । पुरुष भन्दा पनि खत्तम भएका यी आइमाईहरु किन खत्तम फतफताउँदै देखिन्थे । अनुसन्धानले गाउँ नै तानियो । एम दुई निर्दोषहरुलाई समेत यसले खेदियो । सबैलाई जन्म कैदको फैसला सुनाइयो । आज भूमे गाउँ शुन्य छ । गाउँमा बच्चाहरु, बुढापाका बाहेक कोहि छैनन् त्यसैले यो गाउँ उजाड उजाड, उदास छ भने उता वादीहरुले एउटा सुनौलो भविष्य देख्न थालेका छ । विभिन्न संघसंस्थाले तिनीहरुमा पढाई साथै तालिमले जीवन बाँच्ने बाटो बनाएको छ, कहिल्यै फुल्न नसकेको फूल फुल्न थालिएको छ, बास्नाले स्थान दिएको छ, रातको सपना बाहेक देख्न नपाएकाहरुले आज उदेश्यको सपना देख्न थालिएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button