कस्तो बुहारी चाहियो भन्छिन् आमाले ?

सात मुक्तक

सुमन घिसिङ
मण्डन देउपुर न पा ०१, काभ्रे

बालक खुला कापी हुन्, हामी कलम बन्नुपर्छ
उसको असल कर्ममा, सलाम गर्न सक्नुपर्छ
बालक दिउँसोको संज्ञा मिर्मिरे हुन्
उसमा कुनै खोट देखे, हामी मलम बन्नुपर्छ ।

तिमी धनी बन्नु या गरिब बन्नु
सके मौरी बन्नु नसके झिंगा बन्नु
उपलब्धि कि प्रेमको हुन्छ कि डरको
तुच्छ बन्नु मध्यम गुच्छा कहिल्यै नबन्नु ।

सडकले बस्तीहहरु लखेटिरहेका छन्
पिरले छाती जलेर पाकिरहेका छन्
समय आइएपछि पृथ्वी पनि उल्टो घुम्दो हो
जिउँदै मार्न आफ्नहरु ताकिरहेका छन् ।

पालुवालाई स्थान दिन पात झर्नैपर्छ
कापीलाई जीवनता दिन कलम सर्नैपर्छ
साथी त भेटेका हुन किन चिन्ता गर्छौ ?
तिमी बनाउने हुर्काउने बा–आमा त मर्नैपर्छ ।

विषयको आ–आफ्नै धार हुन्छ
त्यसको पनि त केही आधार हुन्छ
मनपर्नेमा अहोरात्री लागि रहनु
त्यसमै सबै निपुण तिखार हुन्छ ।

मलाई लठ्ठै बनायो केश लामाले
झनै नजिक बनायो भेष जामाले
आफ्नो मौलिकतालाई सधैं बचाउनु है सानू
यस्तै बुहारी चाहियो भन्छिन् आमाले ।

लास सम्झेर वरपर किरा, झिंगा भन्किन्छ
हल्लिएपछि रिसाएर झनै झिंगा सन्किन्छ
कमजोरलाई हेप्नु प्रकृतिको नियम रैछ
सकेपछि भकारी छोराछोरी बासँग झस्किन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button