
म मरेपछि पनि घाम उदाउन छाड्दैन

मृत्यु
दिपा कटवाल
मेरो मृत्युपश्चात
नयाँ पुस्ताको जन्म हुने नै छ
संसारको नियम उल्लंघन नगरी
म मर्नु पर्छ
नयाँ पुस्ताको लागि ।
म मरेपछि पनि
घाम उदाउन छाड्दैन
भर्खरै उम्रिएको बीउ रुख हुन छाड्दैन
खोला बग्न छाड्दैन
तर आफन्तजनको आखाँबाट बर्ष चाहिँ पक्कै हुन्छ ।
कसैको घरमा जन्मदिनको केक काटिने छ
त कसैको घरमा मृत्युपश्चातको बर्षदिनको कार्य गरिने छ
काहिँ कतै विवाहको जन्ती आउलान्
त कतै मलामी
घरघर चाडपर्वले छाउने छ
त कसैको घरमा भुइचालो आउने छ ।
मृत्यु पनि सहज कसरी होस् र
जिउँदो हुँदा कयौंको मन जलाकी थिएँ
मरेपछि ज्यान ढड्यो
एक पलमै जीवनको सम्पप्ति भयो
तर कार्य भने सधैंका लागि अमर रह्यो ।
सपनाको उडान भर्न नपाई
कयौं रहर दफन गरी
कलिलो ज्यान लिएर
सधैको लागि बिदा लिनेछु
म मर्नु पर्छ
अब आउने पुस्ताको लागि ।
निर्दोष आखा सधैंका लागि चिम्ली
बाहिरि दुनियाँलाई बिर्सी
कसैको प्रवाह नगरी
स्थिर अवस्थ भइ
आफ्नै दुनियाँमा जानेछु
अन्जान छु, न स्वर्ग हो न नरक ।
मेरा अनगिन्ती इच्छा–रहर छरपस्ट भइ
चितामा दनदनी जल्ने छन्
मेरो उपस्थिति कसैको सामु नभए तापनि
सबैको मनमनमा रहने छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
#गजल
अहो उसले दुखेर पनि नदुखेझैँ गरेको छ ।।
काँटीमा हानेको हतौडा हातमा परेको छ ।।
प्रेमलाई जोवन, यौनको थलो बनाए देखि,
अचेल प्रेमीहरूकै हातबाट प्रेम मरेको छ ।
दु:ख पिडालाई बढी नियाल्छ दुनियाँ,
हाँसो त केवल एक हाच्छिउँमै टरेको छ ।
कठोर हुनेहरु पनि पग्लिन्छन् कुनै समय,
प्रिया हिउँ पग्लेर पनि त तलाउ भरेको छ ।
खुसीको बुर्कुसी मारेँ, आँशु पिएर मैंले,
महोदय बिनासित्तैमा आँसु कहाँ झरेको छ ?
°आँत सुक्दा पनि बिरह पोखिरहेछ चरो,
लाग्छ एक बचेरो गुँडबाट झरेको छ ।
#गजल
अहो उसले दुखेर पनि नदुखेझैँ गरेको छ ।।
काँटीमा हानेको हतौडा हातमा परेको छ ।।
प्रेमलाई जोवन, यौनको थलो बनाए देखि,
अचेल प्रेमीहरूकै हातबाट प्रेम मरेको छ ।
दु:ख पिडालाई बढी नियाल्छ दुनियाँ,
हाँसो त केवल एक हाच्छिउँमै टरेको छ ।
कठोर हुनेहरु पनि पग्लिन्छन् कुनै समय,
प्रिया हिउँ पग्लेर पनि त तलाउ भरेको छ ।
खुसीको बुर्कुसी मारेँ, आँशु पिएर मैंले,
महोदय बिनासित्तैमा आँसु कहाँ झरेको छ ?
°आँत सुक्दा पनि बिरह पोखिरहेछ चरो,
लाग्छ एक बचेरो गुँडबाट झरेको छ ।