भूपी तिमीले अन्धोलाई घुम्ने मेचमाथि किन राख्यौ ? कसरी राख्यौ ?

कविताः भूपी र चार सहिद

सुमन घिसिङ

प्रत्येक कवितामा म तिमीलाई देख्छु भूपी
एक झुल्को अग्नि सम्झेर
जहाँ उद्धेश्यको मार्ग भेट्टिन्छ
भूपी तिमीले अन्धोलाई घुम्ने मेचमाथि
किन राख्यौ ? कसरी राख्यौ ?
म कल्पनामा हराउँछु
त्यसैले त भीरमा समथर देख्छु
पालो सहिदको
एक सय चार वर्षे विषालु सर्प फाल्न लागि पर्दा
बिर्स्यौ आफ्नै जीवन निमोठिने कुरा
रहर तिम्रा पनि थियौ होला
तर तिमी
सपनालाई प्रजा र माटोलाई भविष्य देख्थ्यौ
टिभीले खोकी रहेकी रोगी प्रेमिका
न्यानो सहारा न्यानो खाना खोजेका गर्भवती
श्रीमती र अबोध बालिका
पनि अचेत अबोधमा खोज्थे होलिन्
प्रेम, श्रीमान् र जनकको स्पर्श
अन्तिम सासमा पनि पाएनौ राणाको कठोरताले
एउटा बोलीको आभास पनि
तिमी राणा राणा, स्वतन्त्र स्वतन्त्र
भन्दै गर्दा आफ्नै रगत शरीरलाई बिर्सी गयौ
त्यसैले त विद्वान देशभन्दा ठुलो अरु हुन्न भन्छन्
तिम्रा इमानले गर्दै जिउँदो रहेर मरे झैँ गरि बाँच्दिन भन्यौ
आज तिम्रै उद्धेश्यको स्वरुप प्रजातन्त्र आएको छ
आज सबै प्रजा जिम्मेवारको साटो छाडा स्वार्थ भएको छ
तिमी त बक्सिस् दिएको जीवन लत्याउँथ्यौ
तिम्रा सन्तति बालुवाको बोलीकै पछि लाग्छ
त्यसैले
ए गङ्गालाल, दशरथ तिमी फेरि जन्मिनुछ नयाँ पाठको निम्ति
चट्टानभन्दा बलियो हुन जन्मिनु छ शुक्रराज र धर्मभक्त
माटो लागि, स्वाधीनताको लागि
सहिदहरुप्रति श्रद्धासुमन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button