
अब त आस्था हैन, माया भयो, भक्ति हैन, प्रेम भयो

कविता राणा
कुवाको भ्यागुता झैं
अँध्यारोमैं रूमल्लिरहेको जिन्दगीमा
थाह छैन कता बाट हो लाइट अफ होप छरी नै रह्यौ
विभिन्न समयको विभिन्न परिस्थिति र रूपमा ।
कहिले पाएँ भोलाको रूपमा
कहिले आयौ केशवको रूपमा
कैले उषाको किरण बनी ज्ञानको ज्योती जगायौ
त कहिले सपनामा कृष्ण बनी अर्तिपुर्ण आदेश दियौ ।
अब त आस्था हैन, माया भयो
भक्ति हैन, प्रेम भयो
तिम्रो र मेरो बीचको सम्बन्ध
भौतिक हैन, आध्यात्मिक भयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)